सीमा स्तम्भ मर्मत हुँदै
भद्रपुर, ७ माघ । झापा जिल्लाअन्तर्गत नेपाल भारतको सीमा क्षेत्र दशगजामा सीमा स्तम्भको मर्मतसम्भार एवम् निर्माण कार्य सुरु भएको छ ।
नापी विभाग काठमाडौँबाट आएका टोलीले दशगजा क्षेत्रमा रहेका सीमा स्तम्भको पहिचान र निर्माण कार्य गरिरहेको टोली प्रमुख सुशील डङ्गोलले जानकारी दिनुभयो । टोलीले १०१ नम्बरबाट कार्य थालनी गरी पुराना १०३ वटाको मर्मतसम्भार एवम् रङ्गरोगन गरिसकेको छ भने नौवटा नयाँ स्तम्भ स्थापना गरिएको छ ।
सीमा स्तम्भ हराएका ठाउँमा नेपाल–भारत दुबै देशका प्रतिनिधिले बिन्दु पत्ता लगाएर सीमा स्तम्भ स्थापना गरिरहेको बताइएको छ । दशगजा क्षेत्रमा कतिपय स्थानमा भारतीय नागरिकले दशगजालाई अतिक्रमण गरी घर बनाउने र तरकारी खेती गर्ने गरेको पाइएकाले त्यसको पनि लगत लिने काम भइरहेको नापी टोलीका प्रमुख डङ्गोलले जानकारी दिनुभयो । झापा, मोरङ र सुनसरीमा पनि दशगजा क्षेत्रमा सीमा स्तम्भको खोजी, पहिचान र निर्माण आगामी असार मसान्तसम्ममा गरिसक्ने टोलीको योजना छ ।
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
सामाजिक संजाल फेसबुकले बाइडेनको उद्घाटन पछि मात्र नयाँ कार्यक्रम गर्ने अनुमति दिने
डिसीको मध्यशहरमा बन्दुकमा गोली समेत भरेका फ्रन्ट रोयल भर्जिनियाका एक व्यक्ति पक्राउ
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
अमेरिकी सदनमा डिसीका प्रहरीलाई ढोकामा थिचेर आक्रमण गर्ने व्यक्तिको तस्बिर सार्वजनिक ,प्रहरीले मर्छु जस्तो लागेको बताए
प्रतिक्रिया