शनिबार, माघ १० २०७७
काठमाडौं १६:३२
वासिङटन डिसी 05:47

प्रहरीको रक्तदानबाट सुत्केरीको ज्यान बच्यो

इनेप्लिज २०७२ माघ ७ गते ७:५० मा प्रकाशित

कञ्चनपुर, ७ माघ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ की २८ वर्षीय सरिता लुहारको प्रहरी जवानले गरेको रक्तदानले ज्यान बचेको छ ।

महाकाली अञ्चल अस्पतालमा बुधबार तीन महिनाको भ्रुण (शिशु) खसेपछि लुहारको अत्यधिक रक्तश्रावका कारण अवस्था चिन्ताजनक भएको थियो ।

‘ओ पोजेटिभ’ रगत नपाएपछि चिन्ताजनक अवस्थामा रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान राजाराम डगौराले एक प्रिन्ट रगत दान गरेपछि उनको ज्यान जोगिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । अहिले उनको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया