बिहीबार, माघ १५ २०७७
काठमाडौं ०५:३८
वासिङटन डिसी 18:53

पूर्वी क्षेत्रमा वर्षा

इनेप्लिज २०७२ माघ ७ गते ७:४८ मा प्रकाशित

विराटनगर, ७ माघ । पूर्वी क्षेत्रमा गए राति भएको वर्षाका कारण चिसो बढे पनि किसानहरु भने लाभान्वित भएका छन् ।

गहुँका साथै तरकारी बालीलाई वर्षाले फाइदा पुर्‍याएको छ । धानको उत्पादनमा कमी आएपछि किसानले यसपटक सिँचाई सुविधा नभएको क्षेत्रमा पनि गहुँ खेती गरेका छन् । त्यस्ता किसानले यस वर्षाबाट राहतका अनुभूति गरिरहेका छन् ।

पूर्वी क्षेत्रमा चिसोको अत्यधिक प्रभाव नदेखिएको अवस्थामा गए रातिको वर्षाका कारण चिसो केही मात्रामा बढेको छ ।

प्रतिक्रिया