प्रवासी नेपाली मञ्च पोर्चुगलको अधिवेशन आयोजक कमिटी पुनर्गठन

इनेप्लिज २०७२ माघ ६ गते १४:३१ मा प्रकाशित

दामोदर-भगवानको-मूर्ति-निर्माण-हुँदै-गरेको-अवस्थामा-600x800

पोर्चुगल । प्रवासी नेपाली मञ्च पोर्चुगलले आफ्नो चौथो अधिवेशन आयोजक कमिटी पुनर्गठन गरेको छ । चौथो अधिवेशन आयोजक कमिटीको आयोजनामा मंगलबार सम्पन्न बृहत भेलाले गोविन्द प्रसाद पौडेलको संयोजकत्वमा १११ सदस्यीय मूल आयोजक कमिटी पुनर्गठन गरेको हो । निकट भविष्यमा सम्पन्न हुन गैरहेको अधिवेशनलाई सफलता पूर्वक सम्पन्न गठित मूल आयोजक कमिटीको सह संयोजकमा प्रेमलाल नेपाली, दिपा शर्मा, महासचिवमा निराजन सुवेदी, सचिवमा निर्मला खराल, सुरेश पुन, जिके शर्मा, कोषाध्यक्षमा भूपेन्द्र सुवेदी रहेका छन् । यसैगरी सचिवालय सदस्यहरुमा नारायणदत्त आचार्य, राम केसी, मणिरत्न लामा, तुलसी थपलिया, रमाकान्त पौडेल, सूर्य तिवारी, राजकुमार श्रेष्ठ, बलराम पौडेल, किरण दिप परियार, हरि तामांगसहित एकसह संयोजक र ३ सचिवालय सदस्य सचिवालयको बैठकले पदपूर्ति गर्ने गरि निम्नानुसारको मूल आयोजक कमिटी गठन गरेको हो । कमिटीका सदस्यहरुमा दिपक सुवेदी, मोहन मरासैनी, रामप्रसाद भट्ट, उपेन्द्र पौडेल, खेम हमाल, नविन गिरी, राकेश खड्का, रोवर्ट लिम्बु, प्रेम खड्का, विपिन खड्का, खेम जुग्जाली, सुमन चौलागाई, विष्णु प्रसाई, प्रेम काफ्ले, सरला तिम्सिना, कोमल नाथ नेपाल, शिव नेपाल, भुवन सिंह धामी, जगन्नाथ सुवेदी, सीता अधिकारी, विष्णु प्रसाद सुवेदी, नवराज आचार्य, हेमराज सुवेदी, विमल नेपाली, मिरा परियार नेपाली, यज्ञ प्रसाद तिमिल्सिना, शुसिला थापा, उमाकान्त डल्लाकोटी, नविन बराल, भिमलाल भट्टराई, गोविन्द प्रसाद सापकोटा, दयासागर लामिछाने, रामहरि घिमिरे, दिपकराज भण्डारी, ध्रुवराज सुवेदी, राजेन्द्र सुवेदी, पदम श्रेष्ठ, कृष्ण पौडेल, मिलन सुवेदी, श्रीकृष्ण चापागाई, हरि प्रसाद सापकोटा, हरि वहादुर कुवर, आर्जित महत, सुजन तिम्सिना, दिनेश गौतम, सिशम दाहाल, नविन थापा, अनिल आचार्य, कृष्ण लामिछाने, केशव बास्तोला, महेन्द्र राज शर्मा, कृष्ण गिरी, एल।वि।क्षेत्री, पेउ नारायण पाठक, सुमित्रा के।सी।, शुसिला आचार्य, दिलिप सुनाल, अर्जुन सुवेदी, राम के।सी। कामाछिरि शेर्पा, हरिविक्रम थापा, प्रशान्त गुरुंग, पुष्पराज गिरी, सुनिल रसाईलि, संगीता भण्डारी, विनिता श्रेष्ठ, दिपक पौडेल, राजकुमार श्रेष्ठ, सन्जु केसी, चन्द्रमाया गुरुंग, प्रकाश कंडेल, नरेश भण्डारी, प्रकाश तिवारी लगायत रहेका छन् । चौथो अधिवेशन आयोजक कमिटीका संयोजक सुवास चन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भेलालाई महासचिव उमेश चौलागाईले सञ्चालन गरेका थिए । उक्त भेलालाई मञ्चका सल्लाहकारद्धय गोविन्द पौडेल र राकेश खड्काले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उक्त भेलाको दोस्रो सत्रमा नव गठित आयोजक कमिटीका संयोजक गोविन्द पौडेलको अध्यक्षतामा महासचिव निराजन सुवेदीले संचालन गरेका थिए । उक्त अवसरमा निवर्तमान संयोजक सुभाषचन्द्र अधिकारी र महासचिव उमेश चौलागाईलाई विदाई गरेको छ । विदाईको अवसरमा मन्तव्य व्यक्त गर्दै संयोजक अधिकारी र महासचिव चौलागाईले छुट्टीने बेला भनेको पिडाको बेला रहेछ । जहा रहे पनि जहा गए पनि संगठनमै रहने प्रतिबद्धता व्यक्त गरे । उक्त कार्यक्रममा निर्वाचित अध्यक्ष गोविन्द पौडेलले संगठनमा उनीहरुको भूमिकाको सम्मान गर्दै खादा ओडाएर विदाई गरे । साथै उनीहरुले बनाउनु भएको पर्खालमा केही ईटाहरु थप गर्ने प्रतिवद्धता पौडेलले व्यक्त गरे ।

प्रतिक्रिया