अमेरिकामा नेपालको मैमत्ता किन निकम्बा हुन्छ ?

इनेप्लिज २०७२ माघ ६ गते १२:४८ मा प्रकाशित

bijay

अधिकासं नेपालीहरु आफ्नो जीवनको कुनै काल खण्डमा घमण्ड ,हठ ,धाक ,तुजुक ,अहंकार ,नचाहिदो फुर्ति तथा मैमत्तामा चाहदा नचाहदै पनि फ़स्दछन l नेपालीहरुको रगतमा यी कणहरु अवश्य पनि थोरै मात्रामा भए पनि घोलिएको हुन्छ l अमेरिकी सरकारले विविधता चिट्ठा नेपाललाई प्रदान गरेको कारण पनि अमेरिकामा नेपालीहरुको जनघनत्व बिज गणतीय रुपमा छोटो समयमा बढेको छ l

बिभिन्न उदेश्य ,बिबिध कार्यक्रम तथा बिभिन्न क्षेत्रका बिभिन्न पेसामा संलग्न व्यक्तिहरु अमेरिकामा आई पुगेका छन् l मुलुकको १० बर्षे द्वन्द ,संबिधान लेखनमा करिब १० बर्ष ,मधेश आन्दोलन संगै देखिएको बन्द हड्तालको कारण विदेशिने र त्यसमा पनि अमेरिका आई बसोबास गर्ने परिपाटी व्यापक वृद्धि भै सकेको छ l अमेरिकालाई पनि हामी नेपाल जस्तै ठानी उही हर्कत गर्ने कोसिस गर्छौ l

आफुसंगै नेपालबाट भित्र्याएका तुजुक यहाँ पनि लाद्न खोज्दछौ l तर हामीले यो हेक्का पाउदैनौ कि यहाँ यस्तो दम्भ चल्दैन भनेर l  अमेरिकामा तुजुक निकम्ब हुन्छ l नेपालमा ठुलो मान्छे थिए र सेवक वरीपरी हुन्थ्ये भन्ने अहमता यहाँ काम गर्दैन l निरिह प्राणी झैँ एक सामान्य जीवन व्यतित गर्नु पर्दछ l

नेपालको घरबाट लाखौ लाख बहाल आउछ भन्ने कथनहरु अहोरात्र जीवन हत्केलामा राखेर काम गरि रहेका हुन्छन l प्राडो र पजेरो चढेको हो भन्ने व्यक्तिको मैमत्ता/ तुजुक जडौरी गाडी या वस्त्र किनेर जीवन पनि गुज्री रहेको पनि हुन्छ l सरकारी ,निजि सेवा, सेना ,प्रहरी सेवामा अवकास प्राप्त या कुनै शिलशिलामा यहाँ आएर बिभिन्न कागजात बुझाएर बसेकाहरुले नेपालमा अर्दली सेवाको लागि हाजिर हुन्थ्ये भन्ने सपना जस्तो लाग्दछ l आफ्ना अघिपछि सेवक घुम्थे भन्ने मैमत्ता र तुजुक दिनेहरु यहाँ मुखमा माड लगाउन जस्तो सुकै जोखिम काम गर्नु पर्ने बाध्यताको घेरामा जकडिएका छन् l

ब्यापारको शिलशिलामा यता आएको छिट्टै अब फर्कन्छु होला भन्नेहरु दशकौ बिति सक्दा पनि यस्तै सम्बाद दोहोर्याउछन l अमेरिकामा तुजुकले सिन्का पनि भाचिदैन l नेताहरुसंग उठबस भएकोले नेपाल फर्की राजनीति गर्नु पर्ला भन्नेहरु कुन दुलोमा भेटिन्छन् त्यो समुदायले जान्दछन l

अमेरिकामा जरो गाड्दा पनि अमेरिकाको धज्जी उडाउन बाकी नराख्ने मैमत्ता भएकाले दुख पाउदछन l किनभने यस्तो कुरा गरि दिदा जागिर गएका कैयौ समुदाय सदस्य खोज्दा भेटिन्छन l नेपालमा हाकिम भएकोले बिभिन्न राष्ट्र गै रहन्थ्ये भन्नेहरु १६ /१८ घण्टा सम्म पिडुला फर्कुन्जेल काम गर्नु पर्दा किन अमेरिका आएको होला भन्नेहरु पनि नेपाल फर्कन्छु भन्ने पनि उनीहरुको धाक पानीमा बिलिन्छ l अमेरिकाका हकिमले काममा दलाउदा मैमत्तापन हुनेको फुटानी यहाँ झर्दछ l

नेपालको तुजुक अमेरिकामा अपांग हुन्छ l नेपालमा मेरा बाजेले घिउ खान्थे मेरो हात सुङ्ग त भन्ने कथन यहाँ कागलाई बेल पाक्यो हर्ष न बिस्मात जस्तै हुन्छ l चिकित्सक ,बिमान चालक ,खानदानी परिवार ,महाराजा तथा कुनै पनि पेसाको ठुला थिए भन्ने कुरा अमेरिकामा गौण हुन्छ l अमेरिकामा हठ मैदानमा पछारिन्छ l बिद्ध्वत वर्गले नेपालमा भएको कुनै कुराको उच्चारण पनि गर्दैनन l धेरै नेपालीहरु सरल जीवन चलाएर बसेका हुन्छन l र ,दुनियासंग कुनै लेनदेन गर्न चाहदैनन् l उनिहरुले अमेरिकाको जीवनशैली र अवस्था बुझेका हुन्छन l उनिहरुलाई मात लागेको हुदैन l यथार्थताको गहिराईमा डुबुल्की मारेका हुन्छन l

अमेरिकन नागरिक आर्थिक कठिनाईबाट बाहिर निस्कन जस्तो सुकै पनि काम गर्न पछि हट्दैनन् l सादा जीवन र उच्च विचार लिनेहरु प्रसस्त हुन्छन l यहि मूल मन्त्र लिन सके दिर्घजीवि हुन्छन l यहाँ कामलाई सम्मान गरिन्छ l

योग गुरु रामदेवले भनेका छन् तर्क गर्न राम्रो हुन्छ तर तर्क माथि तर्कले बिनास ल्याउँछ l तसर्थ ज्यादा तर्क तितो हुन्छ l  मैमत्ताले मानिसलाई विकास हैन बिनास तर्फ धकेल्दछ l फुस्रो घमण्ड र अहंकारले हामीलाई उधो पुर्याउदछ l यहाँ पनि यथावत नै छ भने त्याग्न गर्न जान्नु पर्छ l

यसैमा हाम्रो कल्याण हुन्छ किनभने अमेरिकामा नेपालको मैमत्ता निकम्बा हुन्छ l पशुपतिनाथले हामी सबैको रक्षा गरुन !

प्रतिक्रिया