एकीकृत पर्यटन विकास योजनामा जोड
जनकपुरधाम, ६ माघ । पशुपति, लुम्बिनी र जनकपुरको पर्यटन विकास समान हुनुपर्ने धारणा व्यक्त गरिएको छ ।
बृहत्तर जनकपुर क्षेत्रको प्रस्तावित गुरुयोजना प्रतिवेदनमाथिको मङ्गलबारको छलफलमा सहभागीले परिषद्को क्षेत्र विस्तारमा पनि जोड दिए ।
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्द्वारा आयोजित कार्यक्रममा राजा जनकको दरबारको अनुसन्धान र जनकपुरस्थित ५२ बिघा शिवपुर गढीको संरक्षण र संवद्र्धन हुनुपर्नेतर्फ पनि उनीहरुले ध्यानाकर्षण गराए । परिषद्को कार्य क्षेत्र पाँच जिल्लासम्म विस्तारित हुनुपर्नेमा जोड दिँदै सहभागीले धनुषाधाममा चिडिया घर निर्माण हुनुपर्ने धारणा व्यक्त गरे ।
शोधकर्ता रामभरोस कापडीले गुरुयोजना वैज्ञानिक किसिमले प्रस्तावित गर्नु पर्ने औँल्याउँदै परिषद्को क्षेत्र विस्तारमा पनि पर्यटन, सांस्कृतिक, धार्मिक, सामाजिक र आर्थिक पक्षलाई ध्यान दिनु जरुरी छ भन्नुभयो ।
अभियानकर्मी गङ्गाप्रसाद साहले गुरुयोजनामा परिषद्को परिधिमा रहेका सम्पदाको संरक्षणमा विशेष महत्व दिइएको बताउनुभयो ।
परिषद्का कार्यकारी निर्देशक उमेश यादवले गुरु योजना कार्यान्वयनका लागि रु दश अरर्ब सात करोड ५१ लाख प्रस्ताव गरिएको जानकारी दिनुभयो ।
परिषद्को क्षेत्रअन्तर्गत धनुषा र महोत्तरीका २०४ मठमन्दिर, ४२४ पोखरी र ७१ गढी छन् । परिषद्को कार्यक्रमबाट एक लाख ३० हजार ७०० घर परिवार प्रत्यक्ष रुपमा लाभान्वित रहेका छन् ।
ओरेगनको पोर्टल्याण्डमा १२ बर्षिय किशोरीले आफ्नो पितालाई छाती र पेटमा छुरा प्रहार
डिसीमा बाइडेनकै मन्त्रिमण्डलको सदस्य भन्ने महिलालाई उद्घाटन जाँचचौकीमा पक्राउ
न्युयोर्क क्विन्समा पत्नीले पतिलाई कफिमा कमिला र साङ्गलो मार्ने बिष मिसाई खुवाएको अभियोगमा प्रकाउ
फिप्नाको आगामी रोडम्याप तयार,संघिय परिषद बैठकमा कार्यसमितिको तर्फबाट अध्यक्षद्वारा निति तथा कार्यक्रम प्रस्तुत
नासा र पतंजलिको आयोजनामा ९ दिने योग शिविर
प्रतिक्रिया