बिहीबार, असार १० २०७८
काठमाडौं १८:१६
वासिङटन डिसी 08:31

कविता !

इनेप्लिज २०७२ माघ ५ गते १४:२५ मा प्रकाशित

thumb

अहो ! कस्तो जाडो शिशिर ऋतुको कोमल रबि
प्रतिक्षा गर्दैमा दिन पनि बिलाए ढलि छबि
सुकेका सर्लक्कै सकल रुखका हातहरु छन्
हरिया देखिन्नन् सब झरी गए पातहरु झन्
तुषारो सर्बत्रै छरिएर जमेको छ गहिरो
चहुर डाडा पाखो सब नजरमा फुंग कुहिरो
ठिहिरोले काम्दै थर थर गरि सब जनहरु
घुमी खोज्छन न्यानो सिरक किअंगेनो भनि बरु
लुकेका हुन्छन कि घरि मुनि दुइ पाखुरी हरु
घुसारी खल्तीमा मुठी कसी जसै अंगुल तरु
निशाको लामो त्यो गहन अति नै क्रुर चकमन्
पुकार्छन् निद्रामा सबितरी ! भगाउ भनि जन्
मिठो चिल्लो तातो मनभरि आहारा लिई कुदि
शरीरमा उर्जाले भरिन गइ लाग्ने गुद गुदि
लुकामारी खेल्छन प्रिथिबी र यी तारागण हरु
चिसो तातो छ्याप्दै मकन अति दिन्छन दुख अरु
बरु फर्कि जावस द्रुत गति लिदै फेर्छु म दम
ऋतु खप्नै गाह्रो शिशिर कसरि पार गरु म !

प्रतिक्रिया