ट्युवेलका लागि ४५ लाख अनुदान
भीमदत्तनगर, ५ माघ । कञ्चनपुरमा साना सिँचाइ आयोजनाका लागि रु ४५ लाख अनुदान दिइने भएको छ ।
जिल्ला कृषि विकास कार्यालयले सिँचाइका लागि ५१ वटा कृषि समूहलाई छनोट गरी रु ४० हजारदेखि एक लाखसम्म अनुदान दिने प्रक्रिया अघि बढाएको जनाएको छ । ‘एकाउन्न वटा समूह छनोट गरिसकेका छौँ,’ जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले भन्नुभयो – ‘यसका लागि रु ३३ लाख अनुदान आएको छ ।’ रु १२ लाख किसान परियोजनाले पनि सिँचाइका लागि अनुदान दिएको उहाँले बताउनुभयो ।
हरेक वर्ष किसानलाई सिँचाइका लागि रकमको व्यवस्था होस् भन्ने उद्देश्यले सरकारले ट्युवेल जडानमाअनुदान दिँदै आएको वरिष्ठ कृषि विकास अधिकृत थापाले जानकारी दिनुभयो । बाइस वटा समूहका लागि अनुदान आएको उहाँले जानकारी दिनुभयो । सहयोग भएपछि ५१ वटा समूह छनोट गरिएको र क्षेत्रअनुसार बढीमा रु एक लाखसम्म अनुदान दिइने योजना छ ।
तरकारी खेती गर्न ३६ लाख अनुदान
युवा लक्ष्यित कार्यक्रम अन्तरगत व्यवसायिक तरकारी खेतीका लागिसमेत कृषि विकास कार्यालयले अनुदान दिने निर्णय गरेको छ ।
यसका लागि जिल्लाभरका ६० जना युवा किसानसमेत छनोट गरिसकेको थापाले जानकारी दिनुभयो ।
‘छनोटमा परेका प्रतिकिसानलाई रु ६० हजार अनुदान दिइने छ । छनोटमा परेकाले एक वर्षमा एक बिघा जग्गामा कम्तीमा दुई पटक तरकारी लगाउनुपर्ने हुन्छ ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया