स्विटजरल्याण्डमा बसोवास गर्दै आएका नवराज घिमिरेको पहिलो एल्बम छिट्टै बजारमा

इनेप्लिज २०७२ माघ ५ गते ०:५९ मा प्रकाशित

download

गीत संगीतमा अति रुचि राख्ने नवराज घिमिरे आफ्नो वास्तविक जीवनलाइ आधार बनाउंदै आफ्नै शब्द र लयमा सबै सामु प्रस्तुत गर्न चाहान्छन । नेपालमा संखुवा सभामा हुर्केका घिमिरे स्विटजरल्याण्डमा ११ बर्ष देखि बसोवास गर्दै आएका छन् ।

नेपाल छोडेर मुग्लान लागे पछि आफ्नो देश,ठाउं र आफन्तहरुको सम्झनामा बोकेका पिडाहरुलाई गीत मार्फत प्रस्तुत गर्दै गाएका छन् नवराज घिमिरेले । आफ्नै लय शब्द र सुमधुर स्वरमा ” नेपाल जाने धोको छ गाउ घरको मायाले यो मन रोको छ ” भन्ने अडियो दर्शक सामु प्रस्तुत गरेका छन । यस गीतको भिडियो पनि छिट्टै दर्शक सामु आउने जानकारी गराएका छन ।

घिमिरेले आफ्नो लय, संगीत र शब्दमा धेरै गीतहरु लेखेता पनि रेकर्ड गरि दर्शक सामु प्रस्तुत गरेको भने यो पहिलो सोलो एल्बम हो । सोलो एल्बममा आठ गीतहरु रहेका छन् । घिमिरेका गीतहरु लोक आधुनिक रहेका छन् । आफुलाइ गायककार भन्दा पनि संगीतमा धेरै आस्था र रुचि रहेकोले रुचिकार भनेर चिनिन चाहन्छन ।

आफ्नै लय शब्द र सुमधुर स्वरमा ” नेपाल जाने धोको छ गाउ घरको मायाले यो मन रोको छ ” भन्ने एक झलक

प्रतिक्रिया