आइतबार, मंसिर १९ २०७८
काठमाडौं १९:२१
वासिङटन डिसी 08:36

नायिका थापा ६ महिनाका लागि निलम्बन

इनेप्लिज २०७२ माघ ४ गते १४:०२ मा प्रकाशित

Darling-Harbar-4-768x512

काठमाडौँ, । बौद्ध धर्माबलम्बीको पवित्र मानिने खादाले आफ्नो संवेदनशील अङ्ग ढाकेर तस्बिर खिचाएकी अभिनेत्री शुभेच्छा थापालाई नेपाल चलचित्र कलाकार सङ्घले कारबाही गरेको छ । सङ्घको कार्यसमितिको बैठकले उहाँलाई छ महिनासम्म चलचित्रसम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी निलम्बन गरेको सङ्घका अध्यक्ष रामकेशर बोगटीले जानकारी दिनुभयो । देशका गहना कलाकारले कुनै पनि धर्म, सम्प्रदाय, वर्ग आदिको भावनामा चोट पु¥याउनु हुँदैन भन्ने भावनालाई आत्मसात् गर्दै अभिनेत्री थापामाथि कारबाही गरिएकोे उहाँको भनाइ थियो । उहाँले भन्नुभयो – “उहाँले गल्ती स्वीकार्नुभएको छ, त्यसैले छ महिनासम्ममा उहाँमा पूरै सुधार आउने हामीले अपेक्षा गरेका छौंँ ।” केही हप्ताअघि अभिनेत्री थापाले सामाजिक सञ्जालमा उक्त अर्धनग्न तस्बिर राखेकी थिइन् । यसको बुद्ध धर्मावलम्बीलयायतबाट विरोध भएको थियो ।

प्रतिक्रिया