अमेरिकामा सक्छु भन्ने अगाडी र सक्दिन भन्ने किन पछाडी ?

इनेप्लिज २०७२ माघ ३ गते २२:२३ मा प्रकाशित

BIJAY THAPA

 अमेरिका आफु र परिवारको सुखको लागि होमिने देश हो l अमेरिका छिरे पछि काम गर्ने पर्छ l अमेरिकामा मुखमा माड लगाउन काममा जोतिनै पर्छ l काम नगरी अमेरिकामा बाच्न सकिने अवस्था हुदैन l अमेरिकामा अवसर जहाँ पनि जुनसुकै अवस्थामा पनि पाईन्छ l जे पनि गर्छु भन्ने मानिस यहाँ माथि पुग्दछन l

अनेक उपाय रचेर अमेरिका आएका मानिस यो जान्दिन र यो गरेको छैन भन्ने मानिस सदैब पछाडी पर्दछन l आफुले नेपालमा गरेको छैन र जानेको छैन भन्ने शब्दलाई फिर्ता लिई एक पटक सिक्ने प्रयत्न गर्ने छु भन्यो भने मात्र अमेरिकामा मानिस टिक्न सक्दछ l अमेरिकामा मर्ता क्या नही कर्ता भन्ने हिन्दि उखान लाई शिरोधार्य गरे उकालो चडिन्छ नत्र ओरालो लागिन्छ l

अमेरिकामा सम्झौता गर्न सक्ने मानिस सगरमाथामा पुग्दछ l ठुलो कुरा गर्ने र नेपालमा भएको हैसियतमा बाच्न खोज्ने ओरालो लाग्दछन l जति सुकै हामीले अन्य कुरा गरे पनि अमेरिकामा डलरको खेति गर्न आएका हौ l अमेरिकामा समाज सेवा गर्न आएका हैनौ l एउटा मात्र अभिप्राय कमाउने र परिवारलाई सुख दिने l आफ्ना सन्तानको भबिष्य उज्जवलमय होस् भन्ने हेतुले अमेरिकामा आएका अपबाद बाहेक सबैले जस्तो पनि काम गर्दछन l

गर्जो टार्न पाखुरी चलाउन मजबुर हुनै पर्छ l गुजारा चलाउन यो र त्यो भन्ने गरिदैन l अमेरिकामा काम संग मतलब भएकोले काम भयो भने अरु केहि चाहिदैन l भाषा ,शिप ,पढाई र अन्य अनुभव भएकालाई अमेरिकामा सरल हुन् हुन्छ l तर नेपालको पद्धतिमा काम गरेकालाई अमेरिकामा कठिन हुन्छ l नेपालको पढाईले आंशिक रुपमा काम गरेता पनि अमेरिकामा पुरै काम गर्दैन l

अमेरिका भासिएकालाई यहाको पद्धति बारे ज्ञान हुन्छ l तर भर्खर अमेरिका आएकालाई भाषा ,शिप ,ज्ञान केहि नहुदा पनि अरुले कमाएको देख्दा जलन हुन्छ l तुलना गर्ने गरिन्छ l फलानाले यसरि कमाएको छ भनि एक प्रकारको हिनता बोध हुन् जान्छ l र ,कैयौ परिवार अनेक प्रकारका चिन्ताको कारण बिरामी पर्ने अवस्थाबाट गुज्रिएका पनि हुन्छन l मनोबैज्ञानिक रुपमा उदासीपन (डिप्रेसन)पनि भएका कैयौ घटना हाम्रो समाजमा घटेका छन् l

अमेरिकामा कसैले पनि कसै संग तुलना गर्नु हुदैन l तुलना गरे स्वयम् ले रोग निम्त्याएको जस्तै हुन्छ l अरुले कमाएको डाहा तथा रिस गरे आफुलाई नै त्यो रोगले भित्र भित्रै खाई दिन्छ l

अमेरिका आएका नेपालीले सानो देखि अति सानो सम्म काम गरेका छन् l अमेरिकामा आए पछि जे पनि र जस्तो पनि काम गर्नु पर्छ भन्ने मनमा लिएर काम गर्दछन l जे पनि गर्छु भन्ने मानिस अहिले अमेरिका कै ठुला ठुला पदमा पुगेका नेपाली छन् l म यो काम गर्छु र पर्खेर भए पनि राम्रो काम खोज्छु भन्ने मानिस धेरै पछाडी परि टाउकोमा हात राख्ने अवस्थाबाट गुज्रेका छन् l

अमेरिकामा आफुले गरि रहेको काम खोज्दा युग बित्ने हुदा मानिसले वर्तमान अवस्थामा बिबिध खर्च धान्न जे पनि काम गर्न सम्झौता गर्ने गर्छन l जस्तो पनि काम गर्ने सोच्यो भने काम पाउदछन l आफुले खोजेको जस्तो काम गर्नलाई भाग्यले पनि साथ दिनु पर्छ l लामो समय अवधि पनि पर्खनु पर्ने हुन् सक्दछ l नत्र बेरोजगारी भै यत्रो समयावधि काम गरेको रहेनछ भनि छैन पटक पटक तिरस्कृत हुनु पर्छ l

किनभने अमेरिकामा पढेका ५ जना मध्ये २ जनाले मात्र पढे अनुसारको काम पाउने देखिएकोले नेपालबाट आएकाले धन्न हामीले काम पाएका छौ भन्ने तर्फ सोच्नु नै उत्तम हुने छ l अमेरिका जे पनि काम गर्छु ,जान्दछु ,कोसिस गर्छु ,कस्तो काम एक पटक हेरौ त भन्ने मानिस सदैब सफलता हासिल गर्दछन l नेपालमा काम गरेको छैन ,जान्दिन ,सिकेको छैन ,आउदैन भन्ने शब्द अमेरिकामा निकाले सदैब पछाडी को पछाडी नै हुने निश्चित छ l

तर अमेरिका आएकाले त्यसो भन्दैनन् l तर यस्तो सोच्ने समुदाय सदस्यको कमि पनि छैन l थुप्रै नेपालीले यसको कारण दुख पाएका पनि छन् l अन्त्यमा काम नपाए पछि बाध्य भै जस्तो पनि काम गर्न पछि हट्दैनन् l अमेरिकामा यस्तो जिद र हठ गर्ने मानिसले दुख पाउदछ l अमेरिका कोहि पनि दुख गर्न आएका हुदैनन् l सबै सुख प्राप्त गर्न आएका हुन्छन l तर दुख नगरी सुख कहाँ पाईन्छ ? त्यो गर्न सम्झौता गर्ने पर्छ l अनि हामी सम्झौता गर्दछौ l  यहि हो यथार्थता अमेरिकाको l

अब अमेरिकामा आफु र परिवार को जीवन सुखमय बनाउने हो भने कुन शब्द पर्योग गर्दा उभो लगिन्छ त्यहि नै गर्ने हो कि ? आगे यहाँहरुको मर्जी।

प्रतिक्रिया