अमेरिकामा कर दाखिला र इतिहास————————————————— आयकर दाखिलाः जीवनशैली सहज बनाउने उपयुक्त काइदा

इनेप्लिज २०७२ माघ ३ गते १५:१२ मा प्रकाशित

sanubabu silwal

 

अमेरिकामा कानुनी हैसियतमा बस्नेलगायत सबै अमेरिकी जनतालाई चटारो छ अहिले । गत वर्ष २०१५ को आर्थिक

कारोवार, आम्दानी, खर्च, लेनादेना, आधारभूत आवश्यकताका वस्तु, विलासिताका वस्तु, दैनिक आवश्यकताहरू,

उपभोग्य वस्तुहरूको प्रयोग, आम्दानीका श्रोत, भएका खर्चहरू सबैको लेखाजोखा गरी सरकारलाई बुझाउने, बढी

कमाएको छ भने त्यसवापतको कर सरकारलाई तिर्ने, कम कमाएको छ भने वर्षभरि तिरेका आय कर फिर्ता लिने

समय अर्थात आयकर दाखिला गर्ने समय ।

अमेरिकामा यो समय बालि भित्र्याउने बेला। गत बर्ष २०१५ को हरहिसाब, नाफाघाटा, आम्दानि, खति, खर्च,

कारोबार, लेखाजोखा, तिरनतारन, लेनादेना, ब्याज, ऋण, दान, चन्दा, सरसापट, आर्थिक नालिबेलिको पारदर्शिता

र फेहरिस्त, आफ्ना ब्यापार ब्यबसाय नाफा घाटा, आयब्यय, कर्मचारि तनाखा कर, बिक्रि कर, आम्दानि कर र

ब्ययक्षति सरकारलाइ बुझाउने बेला अर्थात कर दाखिला, प्रतिबेदन बुझाउने बेला। अर्को अर्थमा सरकारलाइ आफ्नो

गतबर्षको आयब्यय बुझाउदा सरकारले तोकेको मापदण्ड भन्दा कम भए फिर्ता लिने र मापदन्डभन्दा बढि

कमाएको रहेछ भने तिर्ने बेला। सरकारले प्रदान गरेको आधिकारिक सोसियल सेक्युरिटि

नम्बर(सामाजिक सुरक्षा सख्या) जो जो सङग छ र जस जसले बर्षभरि वा आशिकरुपमा काम गरेको छ र

कर बुझाएको छ भने उनिहरुले बुझाउने कर दाखिला, कारोबार र सरकारले फिर्ता गर्ने करले अमेरिकाको

अर्थब्यबस्थामा ठुलो महत्व मात्रै राख्दैन अमेरिकि जनताका लागि ठुलो राहत पनि हुने गर्छ। सरकारको

आन्तरिक राजस्व कार्यालय समक्ष दाखिला गर्ने कर दाखिला गर्दा धेरै ध्यान पुर्याउनु पर्ने हुन्छ। जसबाट

भबिस्यमा अमेरिकि जिबनशैलिलाइ सहज मात्रै बनाउदैन यसले अबसर सदुपयोग र अमेरिकि सरकारको

नजरमा बिस्वासपात्र बन्न मद्दत गर्दछ। कर बुझाउदा के कस्तो कुरामा ध्यान पुर्याउने? अमेरिकि

सरकारको गत बर्षको ब्याक्ति वा परिवारका लागि तोकेको सिमा रकम कति हो? कर दाखिला गर्दा के के

कुराहरु सम्लग्न गर्न सकिन्छ? फाइदाहरु र के कस्तो आम्दानि गर्नेले कर के कसरि दाखिला गर्ने? कामै

नगर्नेले कर बुझाउन जरुरि छ कि छैन? यि सबैको गाठो फुकाउने गरि तयार गरिएको चिरफार सहितको

नेपालि समुदायका लागि तयार गरिएको जानकारि सहितको मेरो नया लेख धेरैका लागि ज्ञानबर्दक हुने

ठानेको छु।

आयकर बुझाउँदा, कर दाखिला गर्दा वा नगर्दा फाइदा घाटाहरू केके छन् त ? बितेका वर्ष खर्च भएका के कस्ता कुराहरू

कर दाखिलामा उल्लेख गर्न सकिन्छ ? कर बुझाएपछि तिर्नुपर्ने वा फिर्ता पाउने रकमले तपाईं हाम्रो क्रेडिट इतिहास,

भोलि आवश्यकता पर्दा वित्तीय संस्थाहरूबाट प्राप्त हुने ऋणको अवसर, ती ऋणहरू न्यूनतम ब्याजमा प्राप्त हुने

अवसर, ब्यक्ति एवं परिवारको आर्थिक हैसियत, आर्थिक अनुशासन र कारोवारको फेहरिस्त यहि कर दाखिलाबाट

हेरे पुग्छ।

अमेरिकामा आम्दानी कर तथा राजश्व संकलनको इतिहास झन्डै एक सय ५२ वर्ष पुरानो छ । सन्१८६२ मा युद्धका

लागि सहयोग जुटाउन अमेरिकी जनतामा आम्दानी कर लगाउन थालिएको हो । सन् १८६२ माआन्तरिक राजश्व आ

योग गठन गरी सदनबाट पहिलो पटक निर्णय गरी प्रतिब्यक्ति ६ सय डलरदेखि १० हजारडलर आम्दानी गरेवापत ३

प्रतिशत र उक्त रकमभन्दा बढी आम्दानी गर्नेहरूका लागि उच्च आम्दानी करलगाइएको र सन् १८६६ सम्म आइपुग्

दा अमेरिकाको ९० वर्षे इतिहासमा आम्दानी करबाट सबैभन्दा बढी तीनसय १० मिलियन डलर उठेको रहेछ ।

अमेरिकामा सन् १७९१ देखि १८०२ सम्म धुम्रपान तथा खैनी, सम्पति लिलामी, सहकारी धरौटी,  मदिरा कच्चापदार्थ

उत्पादन, ढुवानी तथा चिनी उद्यमबाट मात्र आन्तरिक राजश्व उठाइएको थियो । सन् १९११ ताकासर्वोच्च अदालतद्

वारा विगतमा उठाइएका कर नियमसंगत नभएको र अवैधानिक रहेको भन्ने आदेश जारीगरेपछि सन् १९१३ मा १६

औं अमेरिकामा रोजगारीमा बृद्धि एवं आर्थिक समृद्धिका लागि कार्यक्रमल्याइएपश्चात् झन्डै ७.३ बिलियन आम्दानी कर

उठाइएको थियो । सन् १९४५ सम्म आइपुग्दा सरकारले ४३बिलियन आम्दानी कर उठायो । सन् १९८१ मा अमेरिका

को इतिहासमै सबैभन्दा बढी कर कटौती गरिएपछि पनिसात सय ५० बिलियन डलर आम्दानी कर उठाइएको थियो ।

सन् १९८६ को अक्टोबर २२ मा राष्ट्रपति रेगनकोकर संशोधन ऐनमा भारी आम्दानी कर ५० बाट २८ प्रतिशतमा, सन्

१९९३ को अगष्ट १० मा राष्ट्रपति बिलक्लिन्टनको राजश्व तथा आम्दानी कर सम्झौतामा हस्ताक्षर र १९९७ को अ

र्को राजश्व नियममा हस्ताक्षरपछिआम्दानी कर र राजश्वलाई भारी सामाजिक सेवामा लगाइएको थियो । राष्ट्रपति

क्लिन्टनको यस करसम्झौता र नियमलाई अमेरिकी इतिहासमै प्रगतिशील करको रूपमा हेरिन्छ । जहाँ ब्यक्तिको

आम्दानी करकटौतीमा पाँच सय डलर छुट र यस आम्दानी करलाई शैक्षिक लगानीमा लगाइयो । युद्धका लागि उठा

उनथालिएको आम्दानी कर अन्ततोगत्वा सामाजिक सेवाका क्षेत्रमा खर्चिन थालिएपछि अमेरिकाको आम्दानी करप्र

णाली ब्यवस्थित, ब्यवहारिक र सन्तुलित ब्यवस्थापनमा केन्द्रित हुँदै गइरहेको देखिन्छ ।

रोजगारप्राप्त, स्वरोजगार, स्वआम्दानी जसरी आम्दानी गरे पनि चार सय डलर वा सोभन्दा बढी आम्दानीगरिएमा

कर दाखिला गरी देखाउनै पर्छ । अमेरिकामा आन्तरिक राजश्व सेवा (आईआरएस) लाई शक्तिशालीनिकायका रूपमा

हेरिन्छ । मुलुकको संघीय एवं राज्य सरकारअन्तर्गत सम्पूर्ण आर्थिक लेनदेन, आर्थिककारोवार र ब्यवस्थापन यसै

निकायले गर्दछ । यो निकायसँग कानुनी कारवाही गर्ने तथा कारवाहीको सीमा एवंअधिकार उच्च रहेको हुन्छ । आर्थि

क कारोवारका सीमा, आम्दानी करका सीमा, अधिकार, सीमितता तथानियम कानुनको पालना अत्यन्तै महत्वपूर्ण र

संवेदनशील हुने गर्दछ ।

कानुनीरूपमा जसरी वा जुन माध्यमबाट कमाए पनि ब्यक्तिगत आम्दानी कर जनवरीदेखि अप्रिल–१५

सम्म दाखिला गर्न सकिनेछ । कुनै कारणवश दाखिला गर्न नसकिएमा कारणसहित अक्टोबर–१५ सम्म

समय सीमा दिइएको छ । र, त्यसपछि भने मान्य हुनेछैन । रोजगारदाताद्वारा डब्लू फोर रोजगार कागज

भरी आम्दानी वर्षको हरेक तीन तीन महिनामा रोजगार कर दाखिलापछि जनवरी १५ बाट गत वर्ष

बुझाएको सम्पूर्ण करको हिसाब किताबसहित डब्लू टू कागजका आधारमा आफैंले, आफ्नो लेखापालमार्फत्,

निजी लेखा कम्पनीमार्फत वा कर दाखिलाका लागि खोलिएका कम्पनीमार्फत् गत सालको आम्दानी कर

ब्यक्तिगत परिवारसहित संयुक्त, बच्चाहरू वा छुट्टिएको भए फरक फरक फर्म १०४०, १०४० ए र १०४०

ईजेड बुझाउनुपर्नेछ ।

परिवारको संयुक्त आम्दानीको हकमा नौ हजार आठ सय डलर वा त्यसभन्दा कम र ब्यक्तिगत रूपमा आठहजार सा

त सय ५० वा त्यसभन्दा कम वार्षिक आम्दानी भएमा कर दाखिला गर्न अनिवार्य छैन । तर, आफूले जेजस्तो कमाए

को छ, त्यसको सम्पूर्ण विवरण दाखिला गर्दा उत्तम हुन्छ । र, त्यसो गर्नु नै बुद्धिमानी हुनेछ ।अमेरिकामा कानुनी

कागजात भई ६५ भन्दा कम उमेरका ब्यक्ति र परिवारले ब्यक्तिगत एवं सामुहिकआम्दानी कर बुझाउनु पर्नेछ ।

अमेरिकी सरकारको आन्तरिक राजश्व सेवाले  सन् २०१५ को कर दाखिला गर्दा एकल पिता वा एकल आमासँग एक

बच्चा भएको अवस्थामा आम्दानी ३९ हजार एस सय ३१ डलरसम्मलाई निम्नतम मानिएको छ । त्यसैगरी संयुक्त

परिवार, आमा बाबु र एक बच्चाको हकमा ४४ हजार ६ सय ५१ डलरको आम्दानीलाई शून्य करमा राखिएको छ ।

त्यसैगरी एकल पिता वा मातासँग दुई बच्चा छन् भने ४९ हजार नौ सय ७४ डलरसम्मको आम्दानीलाई कर शून्य

बनाइएको छ । त्यसैगरी एकमात्र घरमूली वा एकमात्र पुरुष वा एकमात्र महिलाका लागि भने १४ हजार ८ सय २०

डलर र वैवाहिक संयुक्त परिवारका लागि २० हजार तीन सय ३० डलरलाई निम्नतम आम्दानीको रुपमा तोकिएको छ

। तीन वटा बच्चा वा बढी भएका एकल पिता वा आमालाई ४७ हजार सात सय ४७ डलर र संयुक्त परिवारसँग तीन वा

तीनभन्दा बढी बच्चा भएको संयुक्त परिवारलाई ५३ हजार दुई सय ६७ डलरसम्मको आम्दानीलाई कर शून्य

गरिएको छ ।

त्यसैगरीआफ्नै काम, स्वरोजगार आम्दानी, घरबाटै आम्दानी, ट्याक्सी चालक वा अन्य ब्यक्तिगत स्वरोजगारकोह

कमा चार सय र यसभन्दा बढी, चर्च धार्मिक सेवाबाट एक सय आठ डलर २८ सेन्टभन्दा बढी आम्दानी,स्वास्थ्य बच

त, घर खरिद सहुलियत बचत, अवकास तथा स्वास्थ्य सेवा बचतको जुनसुकै आम्दानी पनि करदाखिलाको अनिवार्य

ताभित्र पर्दछन् । राजश्व विभागका अनुसार अरूको आश्रितका रूपमा बसेका सदस्यकोहकमा आठ हजार सात सय ५

० भन्दा कम कमाएमा कर दाखिला गर्न जरुरी छैन । तर, दाखिला गर्दा बुद्धिमानीहुनेछ र भविष्यमा ब्यक्तिगत एवं

परिवारको रेकर्डमा सहयोग पुग्नेछ । दान–चन्दा लेनदेन, सामाजिक सेवा एवंसंघसंस्थाहरू जुन ५०१सी३ अन्तर्गत द

र्ता भएकाहरूको आम्दानीमा कर छुट हुनेछ । तर, कर विवरणबाटपारदर्शिता लिनुपर्नेछ ।

आफ्नो आर्थिक कारोवार, बैंकिङ कारोवार, ऋण धन आदान प्रदानमा अत्यन्त सावधानी एवं पारदर्शी बन्नुपर्नेछ। रा

जश्व विभागको नजरमा पर्नु आफ्नै खुट्टामा बन्चरो हान्नु हो । यस विभागको ऋण अदालतबाट बच्चाकोहेरचाह, प

रिवारको छुट्टा भिन्न खर्च ब्यहोर्ने निर्देशन, अस्पतालको ऋण, भुक्तानी नभएको कलेजको ऋण वासरकारी अन्य

निकायलाई तिर्नुपर्ने भुक्तानी नतिरेसम्म कर तथा आर्थिक कारोवारको कानुनी छुटकारा पाइनेछैन । र, सरकारी नि

कायले जुनसुकै बेला जसरी पनि जायजेथाबाट भुक्तानी लिनेछ । त्यसरी भुक्तानी हुननसके जेल जानु पर्ने अवस्था

समेत आउन सक्छ । त्यसो भएमा अन्य दैनिक जीवन गुजारा एवं सेवा लिनेअवसरबाट वञ्चित हुनुपर्नेछ ।

सरकारी सुविधा फूड स्टाम्प, विक भौचर, असहाय एवं अन्य सुविधा भत्ता, आर्थिक सहायता उपभोग गरिएको

अवस्थामा कर दाखिला गर्दा पनि ढाँट्ने वा गलत विवरण नदिनु बुद्धिमानी हुनेछ । यस्तो अवस्थामा सरकारीसामा

जिक सुविधा प्राप्त गर्दा रेकर्डमा जाने र भविष्यमा घर खरिद, सम्पति खरिद अध्यागमन सुविधा वा अन्यआर्थिक ए

वं सरकारी सेवा सुविधाबाट वञ्चित हुनुपर्नेछ । थुप्रै ब्यक्ति एवं परिवारहरू प्रत्यक्ष नगदमा काम गर्ने, आम्दानी

करमा नदेखाउने तथा अत्यन्त न्यून देखाउने गरेको पाइएको छ । यसबाट तत्कालका लागि नगदमा

फाइदा भए पनि कालान्तरमा यसको प्रत्यक्ष नकारात्मक असर पर्नेछ । साना ब्यवसायमा काम गर्ने अधिकांशले

नगदमा काम गर्ने र प्राप्त आम्दानीलाई आम्दानी करमा दाखिला नगर्ने देखिएकाले भविष्यमा थुप्रै आर्थिक एवं

सरकारी अन्य सुविधा र अवसरबाट वञ्चित हुनुपर्नेछ । घर किन्न जाँदा आम्दानी हेर्नेछ । क्रेडिट कार्ड, सवारीसाधन

वा अन्य खरिदमा आम्दानीको श्रोत तथा कति कर बुझाएको छ, त्यो हेर्नेछ । त्यसले गर्दा भविष्यलाई

हेरेर काम गर्नु राम्रो हुनेछ । नेपालबाट वा अन्य ठाउँबाट परिवार अन्य सदस्यलाई भित्र्याउन पनि करको

विवरण हेर्ने हुँदा आम्दानीलाई करमै देखाउनु राम्रो हुनेछ ।

अमेरिका संसारको यस्तो मुलुक हो, जहाँ तपाईंले के बोल्नुभयो ? त्यसमा विश्वास गर्दैन । र, त्यसले खासै अर्थपनि

राख्दैन । तपाईंका कागज वा तपाईंद्वारा बनाइएका कागजात तथा तपाईंको आधिकारिक विवरणले जेबोल्छ, त्यस

लाई आधार मान्छ । तपाईंले जे तिर्नुभएको छ, तपाईंले जे जसरी बिल वा अन्य निकायको भुक्तानीवा आर्थिक कारो

वारमा जे जसरी पारदर्शिता देखाउनुभएको छ, त्यो नै तपाईंको मुख्य आधार हो र अमेरिकीनिकाय र समाजले यसला

ई नै आधार मान्दछ । ब्यक्तिगत कर दाखिलाको अलावा आफ्नो ब्यवसाय वासंस्थाको कर बुझाउँदा कामदार कर,

आम्दानी कर, सामाजिक सेवा भत्ता, संघीय, राज्य सरकार एवं काउन्टीकर, आफ्नो उठबस, आयश्रोत वा कारोवारबारे

जिम्मेवार र ब्यवस्थित हुन जरुरी छ । अन्यथा अमेरिकामा १०वर्षपछि पनि तपाईं समस्यामा पर्न सक्नुहुनेछ ।

बैंकमा पैसा राख्दा ब्याज नआउने, बैंकलाई शुल्क बुझाउनु पर्ने, आम्दानीको नियमितता नहुने तथा गरीवीकाकारण

झन्डै १३ मिलियन अमेरिकीहरूसँग बैंक खाता छैन । आम्दानी नगदमा लिने, आम्दानी बढी देखाउँदाफूड स्टाम्प र

सरकारी स्वास्थ्य बीमा मेडिकेड, मेडिकेयरका साथै अन्य सुविधाहरू समेत गुम्ने भएकालेअमेरिकी गरीव समुदायले

कर नै दाखिला गर्दैनन् । जति गर्छन, अधिकांशले कर फिर्ता वा सहुलियत मार्फत्राम्रो नगद प्राप्त गर्दछन् । सन् २००१

को सेप्टेम्बर ११ मा भएको हमलाअघि तथा पछि पनि प्राप्त गरेकोकानुनी सामाजिक सुरक्षा संख्या र कागज भएको

तर मिति गुज्रेको भए पनि आफ्नो आम्दानी कर दाखिला गर्दाभविष्यमा राष्ट्रपतिको अध्यागमन आदेश एवं अन्य स

हुलियत नियम मार्फत् कागज प्राप्तीका बखत करदाखिला प्रमाणले ठूलो सहयोग पुर्याउन सक्छ । सवारी साधन, घर

, वातावरणमैत्री एवं किफायती संयन्त्र तथाविद्युतीय यन्त्रहरू खरिद, कृषि उपकरण तथा सहुलियत दिइएका बस्तुहरूको खरिदमा सरकारले कर छुटदिनेछ । कर दाखिलाबाट ओबामा केयर स्वास्थ्य बीमामा समेत कर छुट दिइएको छ।

केके कुराहरू उल्लेख गर्न सकिन्छ भन्ने कुराहरू अमेरिकी सरकारको राजश्व कार्यालयको वेभसाइट एवं

कागजातहरूबाट जानकारी लिन सकिन्छ । अर्थात नजिकको अनुभवी लेखापाल तथा विशेषज्ञहरूलाई पनि सोध्न

सकिनेछ । मेडिकल बिल, मेडिकल खर्च, डेन्टल खर्च, दान, सहयोगको प्रमाणपत्रसहितको रेकर्ड, चिठ्ठा वा जुवा

खेल्दा जितेको वा हारेको प्रमाण र दसी, परिवार छुट्टै भिन्न (डिभोर्स) हुँदाको खर्च, शैक्षिक ऋण वा खर्च, बच्चाहरूको

हेरचाह, ब्यवसाय वा महत्वपूर्ण कामका लागि खर्च भएको इन्धन, उर्जा बचत गर्ने खालका साधनहरूको खरिदआदि

क्षेत्रमा कर मिनाह, कम कर वा शून्य करको ब्यवस्था गरिएको छ । खर्चको प्रकृत्ति, अवस्था र तहको अनपातको

लेखाजोखा गरी सहुलियतका अवस्थाहरू छन् । रोजगार भए पनि निजी स्वास्थ्य बीमा किन्न नसक्ने अवस्थामा

सहुलियतअन्तर्गत स्वास्थ्य हेरचाह (ओवामा केयर) को लाभ लिँदा प्राप्त हुने कर क्रेडिटका महत्वहरू, फाइदा, महत्व

जरिवानालाई हेर्दा आर्थिक नियम र अनुशासनलाई प्राथमिकतामा राख्न जरुरी छ ।

समग्रमा के बुझ्न राम्रो हुन्छ भने आफ्ना कुनै पनि आर्थिक आम्दानी तथा खर्च कारोवारलाई यथार्थ एवंविश्वसनीय

ढंगले पारदर्शी नबनाएसम्म थुप्रै झन्झट ब्यहोनुपर्ने र कानुनी कारवाहीमा समेत परिनेछ । त्यसैलेआर्थिक पारदर्शि

ताका साथै आफ्नो आम्दानीलाई कर दाखिलामा उल्लेख गर्नु बुद्धिमानी हुनेछ । जसबाटभविष्यमा आफ्नो क्रेडिट ब

लियो हुने र अवसर सदुपयोगमा सहयोगी हुनेछ ।

काम नगर्नेलाई कर तिर्न जरुरी छैन । र, कर दाखिला गर्न अनिवार्य पनि गरिएको छैन । तर, अमेरिकी सरकारको

राजश्व कार्यालय (आईआरएस) ले आम्दानी नगरिए पनि कर दाखिला गर्दा कालान्तरमा फाइदा पुग्ने बताउँछ ।

सोही कार्यालयले बच्चाहरूसहितको परिवार वा एकल ब्यक्तिलाई आयकर दाखिला गर्दा राहत मिल्ने प्रोत्साहित

गरेको छ । हेक्का राख्नुहोला कि गैरकानुनी आम्दानी, नदेखिएको आम्दानी वा अपारदर्शी ढंगबाट कमाइएको अन्य

कुनै रकम अमेरिकी सरकार राजश्व कार्यालय (आईआरएस) वा कानुनी कार्यालयले वा प्रहरी एवं सरकारी तहबाट

त्यस्ता नगद वा रकम फेला पारेमा कडा सजायको भागिदारमात्र होइन, भविष्यमा आर्थिक कारोवारसम्बन्धी

ब्यक्तिगत रेकर्ड कालो बनाइदिने छ ।

अमेरिकामा यदाकदा आईआरएसको नामबाट फ्रडहरूले विभिन्न बहानामा फोन गरी तर्साएर ब्यक्तिका सम्पूर्णसूच

ना लिन खोज्ने गरेको पनि देखिइएको छ । यसरी ती फ्रडहरूले तपाईंका ब्यक्तिगत विवरण र बैंकिङ खातारित्याइदि

न सक्छन् । के हेक्का राख्नुहोला भने अत्यन्त अपर्झट समस्याबाहेक आईआरएसले फोन गर्दैन ।आवश्यक कागज मे

ल गर्दछ । मेलबाटै जवाफ पठाउनु पर्ने हुन्छ । यस्ता शंकास्पद गतिविधि पाइएमाआयकरसम्बन्धी जानकारी भएका

वा आफ्नो चार्टड एकाउन्ट मार्फत् सम्पर्क गर्नुहोस् वा नजिकैको करकार्यालयमा समय लिएर भेट्न जानुहोस् । केही

जान्नु वा बुझ्नु परेमा www.irs.govमा पाउनु हुनेछ ।

(लेखक बरिष्ठ वातावरण पत्रकार, अमेरिका नेपाल व्यवसायी संघका कार्यवाहक सभापति र अमेरिकन चेम्बर अफ

कमर्शका एकमात्र नेपाली संस्थागत सदस्य हुनुहुन्छ ।)

प्रतिक्रिया