इनेप्लिज २०७२ पुष ३० गते १४:५२ मा प्रकाशित

 

Durga-Kumar-768x510

मुम्बई । शाहरुख खान पर्दामा मात्र आदर्श प्रेमी होइन्, बास्तविक जीवनमा पनि आदर्श प्रेमी हुन् ।

उनी जहाँ जान्छन् त्यहाँ उनको रामोञ्चक प्रेमको चर्चा हुन्छ । बलिउडमा अहिले पनि उनको प्रेमको चर्चा सुरु भएको छ ।

यसैक्रममा चर्चित कोरियोग्राफर श्यामक डावरले शाहरुखको आदर्शवादी प्रेमको खुलासा गरेका छन् । उनका अनुसार शाहरुख उनको डान्स क्लासको बाहिर प्रेमिका गौरीको इन्तजार गरिरहन्थे, जहाँ गौरी डान्स सिक्न जान्थिन् ।

अक्टूबर महिनामा आफ्नो २४औं म्यारिज एनिभर्सरी(विवाह उत्सव) मनाएका शाहरुख र गौरीको जोडीले ६ वर्ष लामो प्रेमसम्बन्धपछि मात्रै विहे गरेका थिए ।

srk-gauri

गौरीसँग शाहरुख

उमेर ५० लागेका शाहरुखका लागि कैयौ फिल्ममा नृत्य निर्देशन गरेका श्यामकले ट्विटरबाट शाहरुख र गौरीको लभ स्टोरी यो रोचक समयको खुलासा गरेका हुन् । उनले लेखेका छन्- ‘अहिलेपनि याद आउछ शाहरुख डान्स क्लासको बाहिर कुरिरहन्थे जहाँ गौरी मेरी स्टूडेन्ट(विद्यार्थी) थिईन् । अहिले उनी यति ठूला स्टार भइसके तर, पनि आदर्श छन् ।’

श्यामकले साथै आफ्नो र शाहरुखको एक तस्वीर पनि ट्विटरमा शेयर गरेका छन् । जसमा उनी शाहरुखसँग अंकमाल गरिरहेको देखिएका छन् । तस्वीर भर्खरैको जस्तो देखिन्छ ।

धेरै कलाकारले आफ्ना पत्नि वा पतिलाई छाड्ने खबरहरु त धेरै सुनिन्छ तर, यस्तो प्रेम र अटुट सम्बन्धका बारेमा शाहरुख र गौरीको जोडी अपवाद बनेको बताइन्छ ।

 

प्रतिक्रिया