कृष्ण सेन पत्रकारिता पुरस्कार खत्रीलाई
बाबियाचौर (म्याग्दी), ३० पुस । क्रान्तिकारी पत्रकार सङ्घ म्याग्दी शाखाले स्थापना गरेको कृष्ण सेन पत्रकारिता पुरस्कार यस वर्ष राससकर्मी कमल खत्रीलाई प्रदान गरिने भएको छ ।
जनयुद्धका क्रममा दिवङ्गत हुनुभएका जनादेश साप्ताहिकका तत्कालीन सम्पादक कृष्ण सेन ‘इच्छुक’ को स्मृतिमा सङ्घले स्थापना गरेको अक्षयकोषबाट पहिलोपटक राससका म्याग्दी समाचारदाता खत्रीलाई पुरस्कृत गर्न लागिएको हो ।
सङ्घका शाखा अध्यक्ष सन्तोष गौतमको अध्यक्षतामा बुधबार बसेको छनोट समितिको बैठकको निर्णयअनुसार माघ दोस्रो साता बेनीमा हुन लागेको दोस्रो जिल्ला अधिवेशन उद्घाटनका क्रममा पुरस्कार प्रदान गरिने भएको छ ।
पुरस्कारको राशि नगद रु पाँच हजार रहेको छ । जिल्लामा क्रियाशील पत्रकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले सङ्घले गत वर्ष नवल खड्काद्वारा निर्देशित चलचित्र ‘भीमदत्त’को विशेष प्रदर्शनी गरेर रु एक लाखको अक्षयकोष स्थापना गरेको थियो ।
कोषबाट प्रत्येक दुई वर्षमा म्याग्दीमा क्रियाशील पत्रकारलाई पुरस्कृत गर्ने र कोषको रकम वृद्धि गर्दै लैजाने उद्देश्य रहेको शाखाका अध्यक्ष गौतमले जानकारी दिनुभयो ।
ओरेगनको पोर्टल्याण्डमा १२ बर्षिय किशोरीले आफ्नो पितालाई छाती र पेटमा छुरा प्रहार
डिसीमा बाइडेनकै मन्त्रिमण्डलको सदस्य भन्ने महिलालाई उद्घाटन जाँचचौकीमा पक्राउ
न्युयोर्क क्विन्समा पत्नीले पतिलाई कफिमा कमिला र साङ्गलो मार्ने बिष मिसाई खुवाएको अभियोगमा प्रकाउ
फिप्नाको आगामी रोडम्याप तयार,संघिय परिषद बैठकमा कार्यसमितिको तर्फबाट अध्यक्षद्वारा निति तथा कार्यक्रम प्रस्तुत
नासा र पतंजलिको आयोजनामा ९ दिने योग शिविर
प्रतिक्रिया