श्रमजीवी पत्रकारका लागि घुम्ती शिविर
तिलोत्तमा (रुपन्देही), ३० पुस । सूचना विभाग र नेपाल पत्रकार महासङ्घ रुपन्देहीको सहकार्यमा बुटवलमा दुईदिने घुम्ती शिविरबाट २३५ जना पत्रकारले प्रेस प्रतिनिधि परिचयपत्र लिएका छन् ।
मङ्गलबार र बुधबार बुटवलमा भएको घुम्ती शिविरमा सूचना विभागका निमित्त महानिर्देशक विष्णुभक्त रञ्जितको टोलीले २३५ पत्रकारलाई प्रेस प्रतिनिधि परिचयपत्र वितरण गरेको बताउनुभयो ।
शिविरमा लुम्बिनी अञ्चलका गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, नवलपरासी र बागलुङ जिल्लालगायतका पत्रकारले प्रेस प्रतिनिधि परिचयपत्र पाएका छन् ।
सूचना विभागका निमित्त महानिर्देशक रञ्जीतले सूचना विभागले आफ्नो सेवालाई जिल्ला–जिल्लामा सहज ढङ्गले पु¥याउने हेतुले यस प्रकारको घुम्ती शिविर सञ्चालन गरेको बताउनुभयो ।
उहाँले श्रमजीवी पत्रकारहरुको दुर्घटना बिमाका लागि प्रेस पास अनिवार्य गरिएकाले अन्य सबै पत्रकारले सूचना विभागको प्रेस प्रतिनिधि कार्ड लिन आग्रह गर्नुभयो ।
लुम्बिनी अञ्चलमा रहेका क्रियाशील पत्रकारलाई लक्षित गरी नेपाल पत्रकार महासङ्घ रुपन्देहीको आग्रहमा सूचना विभागको टोलीले सेवा प्रदान गरेको पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसीले बताउनुभयो ।
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ३० हजार संक्रमित,१७६९ जनाको मृत्यु
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
कोभिड-१९ बिरुद्ध खोप तथा ताजा जानकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने
जर्जियाका एक किशोरले आफू काम गर्ने बिशाल बजार पसलबाट करिव १० लाख डलर चोरी गरेको आरोपमा पक्राउ
प्रतिक्रिया