पोखराको बजेट ८७ करोडभन्दा बढी

इनेप्लिज २०७२ पुष २९ गते २:२४ मा प्रकाशित

पोखरा, २९ पुस । पोखरा उपमहानगरपालिकाको २०औँ नगर परिषद्मा मङ्गलबार आव २०७३÷७४ का लागि रु ८७ करोड २० लाख ५५ हजारको बजेट पेस गरिएको छ ।

उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले आन्तरिक आम्दानीतर्पm रु ४० करोड ३५ लाख र बाह्य स्रोततर्पm रु ४३ करोड ८५ लाख तथा वैदेशिक सहायताबाट रु तीन करोड ५५ लाखको व्यहोरिने गरी बजेट प्रस्तुत गर्नुभयो । नगर परिषद्मा पेस गरिएको कुल बजेट गत वर्षको तुलनामा १७ प्रतिशतले बढी छ ।

प्रतिक्रिया