नाट्टाको नेतृत्वका लागि तीन समूहको प्रतिस्पर्धा

इनेप्लिज २०७२ पुष २८ गते १२:५६ मा प्रकाशित

काठमाडौँ, २८ पुस । नेपाल एसोसियसन अफ् टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को आसन्न निर्वाचनका लागि मधुसुदन आचार्यको समूहले प्यानलसहित एजेन्डा घोषणा गरेको छ ।

आगामी निर्वाचनमा प्रतिस्पर्धी बनेमा आचार्य समूहले आज यहाँ पत्रकार सम्मेलन गरी २४ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो । संस्थाको ५२ औँ वार्षिक साधारणसभासँगै नयाँ नेतृत्वका लागि निर्वाचन आगामी माघ ३ गते काठमाडौँमा हुँदैछ ।

उक्त समूहले नाट्टा निर्वाचनका लागि आफ्नो उम्मेदवारी भने यसअघि नै दर्ता गराइसकेको छ ।

योसँगै नाट्टाको आसन्न निर्वाचनका लागि तीनवटा समूहको प्रतिस्पर्धा हुने भएको छ । तीनै जना आकांक्षीले उम्मेदवारी मनोनयन दर्ता गराई चुनावी प्रसारमा उत्रिएका छन् ।

नाट्टाका पूर्व प्रथम उपाध्यक्ष मधुसुदन आचार्य, हालका महासचिव मिहिका धाख्वा र वर्तमान प्रथम उपाध्यक्ष शम्भू पाठकले आफ्नो प्यानलसहितको उम्मेदवारी दर्ता गराएका हुन् ।

पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्यासी आचार्यले संस्थालाई नयाँ उचाइ दिन नाट्टा ट्राभल मार्टलाई सार्कस्तरीय पर्यटन मेलाको रुपमा विकास गरी पर्यटन आवागमन बढाउन विशेष योजना ल्याइने बताउनुभयो ।

प्रतिक्रिया