नेपाली समाज टेक्सास नयां नेतृत्व अझ उदाहरणीय बनौं

इनेप्लिज २०७२ पुष २७ गते १७:५६ मा प्रकाशित

bikash mandir

नेपाली समाज टेक्सास (एनएसटी) विधिवत रुपमा नयां नेतृत्वले शनिवार देखि काम शुरु गरेको छ । अमेरिकाका अन्य राज्यमा बसोबास गर्ने नेपाली समुदाय माझ उदाहरण बन्दै गएको एनएसटीको साखलाई अझ अगाडी लैजाने जिम्मेवारी समाजका अध्यक्ष कृष्ण लामिछाने र उहाको कार्यसमितिको जिम्मामा छ । एनएसटीले नेपाली समुदायको लागि मन्दिर र वहुउद्देशिय भवन वनाउन गरेको योगदान उदाहरणीय छ । मन्दिरले नेपाली समुदायलाई आपसमा जोड्न ठुलो मद्दत पुर्याएको छ । यहां वस्ने नेपाली समुदायले आफ्नो संस्कृत्ति र परम्परालाई निरन्तरता दिने वातावरण पनि पाएका छन् ।

नेपाल भाषा स्कुलको संचालन अर्को उदाहरणीय पहल हो । नेपालमा झण्डै नौ महिना अघिको महाभुकम्पवाट प्रभावितलाई सहयोग गर्नमा पनि एनएसटीको सकृयता उल्लेखनिय थियो । ड्यालसवाट एनएसटीको सहयोग लिएर स्वयसेवक त्यहां पुगे । सहयोग अझै जारी छ । भुकम्पवाट घरवार विहिन भएकालाई चिसोमा कम्बल दिने सफल अभियानमा एनएसटीको भुमिका सरहनीय रह्यो । छोटो समयमा धेरै कम्वलका लागि सहयोग जुट्नुपनि एनएसटीको सफलता हो । एनएसटीको यो सफलतामा मजबुत वन्दै गएको नेपाली समाज मुख्य कारण हो ।

नेपाली समुदायको विस्तार संगै व्यापार व्यवसाय गर्ने क्रम पनि वढेको छ । पहिलो भन्दा नेपालीहरु वढी सम्पन्न हुदैं छन् । यही कारण समुदायको गतिविधिमा पनि सकृयता वढेको हो । यस्तो नेपाली समुदायकै कारण एनएसटीले उदाहरणीय वनेको हो । नयां नेतृत्वले टेक्सासमा वस्ने नेपाली समुृदायसंग आफ्ना गतिविधिलाई अझ लैजान सक्नु पर्छ । तव मात्र संस्थाले अरु गति लिन्छ । यसका लागि नेतृत्व उदार र सही निर्णयहरु लिन सक्षम हुनु पर्छ ।

समुदायलाई सकृय हुनेलाई अझ हौसला दिने र निष्कृय वस्नेलाई पनि ल्याउन सकेमा एनएसटी अझ उदाहरणीय वन्न सक्छ । समुदाय र देशको हितका लागि सहयोग दिनलाई उच्च मूल्यांकन गर्न पछि पर्नु हुदैंन । बृहत स्तरमा समुदायको आस्था हुदैंन भने त्यो संस्था धेरै समय टिक्न सक्दैन् । निष्कृय वस्ने र विकल्प खोज्ने अवस्था भईनै रहेको हुन्छ । संस्था नेृतत्व गर्ने जिम्मेवारी भनेको समुदायले आफ्नो लागि छनौट गरेका प्रतिनिधि हुन । यो तथ्यलाई कार्यसमितिले भुल्न हुदैंन ।

भुकम्प पछि थुप्रैले उदारमनले सहयोग पुर्याएका थिए । यो वेला एनएसटीले संकलन गरेको अधिकांश रकम नेपाल गएको छैन । १० स्कुल पुर्ननिमार्णका लागि छनौट गरिएको मात्र छ । कति सहयोग उठेको हो, कुन आधारमा यो खर्च हुदैं छ यो पारदर्शी हुनु पर्छ । पारदर्शी हुन नसकेमा विभिन्न शंका र उपशंकाहरु आउंछन । यसले भविष्यमा थप सहयोग जुटाउन कठिन हुन्छ । सहयोगको हिसाव किताव सार्वजनिक गर्ने दायित्व पनि नयां नेतृत्वमा आएकोछ ।

टेक्सासमा नेपाली समुदायको विस्तारसंगै चुनौती पनि थपिएका छन् । विद्यार्थी, बसोवासका लागि नयां आगन्तुक, लगायतको शुरुका दिन कठिन हुन्छन् । यसलाई कसरी सहज वनाउने । कोही काम खोज्न भौतारिरहने कसैले नपाउने अवस्था पनि छ । यही वढ्दै गरेको दोस्रो पुस्ताको चुनौती कसरी सामना गर्ने जस्ता थुप्रै सवालहरु छन् । नेपाली समुदायलाई स्थानिय प्रशानिक तहमा वढी पहिचान दिलाउनु पर्ने चुनौती पनि छ । यी सवै काम एकै पटक हुने होइनन् । तर, समुदायले भोग्दै आएका नयां चुनौतीलाई कसरी समाना गर्ने यसमा पनि एनएसटीले सकृयता देखाउनु पर्ने समय आएको छ ।

नयां नेतृत्वको अर्को चुनौती निर्वाचनको वेला भएको धुव्रिकरणलाई समाप्त गर्नु हो । नयां टिमको नेतृत्व गर्ने लामिछानेले निर्वाचनमा विजयी भएको लगत्तै कोही पनि पराजित नभएको छ, आफुसंग उम्मेदवार वन्ने विजयराज भट्टराई लाई पनि साथै लिएर जाने वताएका थिए । यो भनाई व्यवहारमा कति कायार्न्वयन हुन्छ यो हेर्न बांकी छ । आशा गरौं निर्वाचन अघि र जितपछिका भनाई र गराईमा फरक आउने छैन ।

प्रतिक्रिया