पृथ्वी जयन्तीको उपलक्ष्यमा मोर्चाको शुभकामना

इनेप्लिज २०७२ पुष २६ गते १२:५७ मा प्रकाशित

पृथ्वीनारायण शाह

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा संयुक्त सनातन मोर्चाले एक प्रेस विज्ञप्ति जारी गरी राष्ट्रियता र राष्ट्रिय एकताको धरोहर माथि देशी विदेशी फिरिङ्गीहरूबाट प्रहार भइरहेको तर्फ सजग हुन आव्हान गर्दै सबै नेपालीलाई आपसी मनमुटाव त्यागेर एकताबद्ध भई नेपाल र नेपालीको भलाईको लागि अगाडि बढ्न प्रेरणा मिलोस भन्ने शुभकामना व्यक्त गरेको छ ।
मोर्चाका केन्द्रीय संयोज पदमराज पाण्डेले जारी गर्नु भएको सो विज्ञप्तिमा ‘राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह सरकारबाट राज संस्थामार्फत जसरी नेपाल राष्ट्र निर्माणको भूमिका खेलिबक्यो र त्यसैको परिणाम स्वरूप आज पनि सगौरव रूपमा नेपाल–नेपालीको पहिचान विश्वसामु रहेको छ’ उल्लेख छ ।

संयुक्त सनातन मोर्चा
विज्ञप्तिमा अगाडि ‘देशी–विदेशी फिरिङ्गीहरूबाट राष्ट्रियता र राष्ट्रिय एकताको धरोहर माथि प्रहार गरी नेपाल र नेपालीको अस्तित्त्व नै समाप्त पार्ने षड्यन्त्र भइरहेको अवस्थामा पृथ्वी रहेसम्म नेपाल, नेपाली र राजसंस्था बीचको गहिरो सम्बन्ध राष्ट्रिय अखण्डताको लागि अझै सुमधुर रूपमा अगाडि बढाउँदै लैजान पर्ने अवस्था छर्लङ्ग भएको छ । जुन कुरालाई हृदयङ्गम गरी आपसी मनमुटावलाई त्यागेर एकताबद्ध रूपमा नेपाल र नेपालीको भलाईको लागि अगाडि बढ्न सबै नेपालीलाई प्रेरणा मिलोस पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस (२०७२ पौष २७) को उपलक्ष्यमा संयुक्त सनातन मोर्चा यही शुभकामना व्यक्त गर्दछ ।’ भनिएको छ ।

प्रेस-विज्ञप्ति ५

प्रतिक्रिया