विद्यालयलाई पाँच लाख सहयोग

इनेप्लिज २०७२ पुष २६ गते ६:०४ मा प्रकाशित

बागलुङ, २६ पुस । गुणस्तरीय शिक्षा र भौतिक सुधारका लागि दमेक–६ बनौस्थित सरस्वती प्राविलाई स्थानीय एक परिवारले रु पाँच लाख भन्दा बढी रकम सहयोग प्रदान गरेको छ ।

दमेक–६ घर भई हाल अस्ट्रेलियामा कार्यरत उमानाथ सापकोटा, उहाँकी धर्मपत्नी सुनिता र छोरी अनिताले रु पाँच लाख छ हजार छ सय ६६ सहयोग प्रदान गर्नुभएको हो ।

प्रधानाध्यापक छविलाल सापकोटालाई शनिबार सो रकम हस्तान्तरण गरिएको हो । सापकोटा परिवारले सोही अवसरमा सिर्जनशील आमा समूह र शिवालय मन्दिरलाई पनि रु ५०– ५० हजार सहयोग प्रदान गरेको थियो ।

कार्यक्रममा सहयोगदाता सापकोटा र उहाँको परिवारलाई पञ्चैबाजा, फूलमालासहित विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीयवासीले सम्मान गरेका थिए ।

विद्यालयलाई प्राप्त सहयोग रकम गुणस्तरीय पठनपाठन र पूर्वाधार निर्माणमा खर्च गरिने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया