मानिसको बानि कस्तो काममा पनि तान्ने
वियोगमा प्रेयसीको नाममा पनि तान्ने
तलतल लाग्यो भन्ने तलै झर्न खोज्ने
कुर्शी छाडी निस्किएर घाममा पनि तान्ने
धुम्रपान मनाहिको सुचना उ पढ्दै
देउता र देबिथान्को लाममा पनि तान्ने
कच्ची बाटो घना बस्ति मानिसको भीड
टेम्पो, बस ट्याक्सी ठप्प जाममा पनि तान्ने
पुण्य क्षेत्र प्रदूषण बिहिन त्यो तीर्थ
फोहर मैला निषेधित धाममा पनि तान्ने
ऋतु मौशम चाहियेन तान्न पाए पुग्यो
बसन्त वा शरदको याममा पनि तान्ने
सर्को कैले नतान्ने यो विहंगमसंग
राम जपी बसौ भन्दा”राम”मा पनि तान्ने
प्रतिक्रिया