प्रवारा गाउँका सङ्घसंस्थालाई पाँच लाख सहयोग

इनेप्लिज २०७२ पुष २५ गते ४:४९ मा प्रकाशित

बाबियाचौर (म्याग्दी), २५ पुस । म्याग्दीका एक प्रवासीले आफ्नो जन्मगाउँका सामाजिक सङ्घसंस्थालाई शुक्रबार करिब रु पाँच लाख आर्थिक सहयोग गरेका छन् ।

कुहुँ–४ का दुर्गाबहादुर राम्जालीको परिवारले कुहुँका विद्यालय, सडक उपभोक्ता समिति, आमा समूह, युवा क्लब र पुख्र्यौली समूहलाई गरी रु चार लाख ८५ हजार सहयोग गरेको हो ।

रोजगारीको सिलसिलामा बेलायत पुगेका राम्जाली परिवारले कुहुँमा रहेको दीपशिखा उच्च माविलाई रु दुई लाख, सिम–कुहुँ सडक योजनालाई रु एक लाख र देउराली युवा क्लबलाई रु ५० हजार सहयोग गरेको क्लबका सहसचिव एकजीत रोकाले जानकारी दिनुभयो ।

यसैगरी मनकामना युवा क्लब तुसारेपानी, राम्जाली परिवार कुहुँ, पुख्र्यौली समूह, भगवती आमा समूह, मालिका आमा समूह, मनकामना आमा समूहलाई रु २०२० हजार र पञ्चेबाजा समूह कुहुँलाई रु १५ हजार उपलब्ध गराएको छ ।

आफ्नो जन्मथलोमा आउनुभएका दुर्गाबहादुर, उहाँकी श्रीमती र छोरालाई स्वागत तथा सम्मानका लागि कुहुँमा शुक्रबार देउराली युवा क्लब र दीपशिखा उच्च माविले आयोजना गरेको कार्यक्रममा सहयोग रकम हस्तान्तरण गरिएको हो ।

बाँचुञ्जेलसम्म गाउँको विकासमा क्षमताअनुसार निरन्तर सघाउने प्रतिबद्धता जनाउनुभएका राम्जालीले सिम कुहुँ मोटरबाटोमा प्रवेशद्वारा निर्माण गर्ने घोषणा गर्नुभयो ।

बेलायती गोर्खा सैनिकका सेवा निवृत्त क्याप्टेन राम्जालीले यसअघि दीपशिखा उच्च मावि, क्लब र आमा समूहलाई सहयोग गर्नुभएको थियो ।

प्रतिक्रिया