पसलमा आगो लगाउने व्यक्ति पक्राउ

इनेप्लिज २०७२ पुष २५ गते ४:४७ मा प्रकाशित

बैतडी, २५ पुस । बैतडीको कैलपाल गाविस–४ का कृष्णराज पाण्डेको पसलमा आगो लगाउने सोही ठाउँका विमलराज पाण्डेलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पाटन बैतडीका प्रमुख प्रहरी निरीक्षक कृष्ण साउँदका अनुसार अनुसन्धानका क्रममा विमलराज पाण्डेले नै आगो लगाएको खुल्न आएकाले पक्राउ गरिएको हो । उहाँले भन्नुभयो, “पक्राउ परेका पाण्डेमाथि अहिले थप अनुसन्धान गर्दैछौँ र त्यसपछि अदालतमा पेस गर्नेछौँ ।”

यही पुस १७ गते राति कृष्णराजको पसलमा आगो लगाउँदा रु १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया