शनिबार, साउन १६ २०७८
काठमाडौं ०८:०१
वासिङटन डिसी 22:16

टेक्ससको ड्यालसमा वक्तित्वकला हुने

इनेप्लिज २०७२ पुष २४ गते २२:३९ मा प्रकाशित

11227554_1084684804884136_96355793352455806_n

ड्यालस एभरेष्ट लायन्स क्लवले आउने शनिवार जुनियर र सिनियर हाइस्कुलका विद्यार्थीका विच वक्तित्व कला प्रतियोगिता आयोजना गर्ने भएकोछ ।

उक्त वक्तित्वकलाका लागि “द सोसोइकोनोमिक इफेक्ट्स अफ मेरियोना डिक्रिमिनलाइजेशन” अर्थात “गांजा वैध गर्दाको आर्थिक र समाजिक असर” विषय तोकिएको छ ।

आयोजकले नेपाली समुदाय सवैसंग आफ्ना बालबालिका लाई उक्त प्रतियोगितामा सहभागी गराउन आग्रह गरेका छन् । हामी समुदायलाई विद्यार्थीहरुलाई उक्त कार्यक्रममा सहभागी गराई व्यक्तित्व विकास र आकर्षक पुरष्कार जित्न प्रोत्साहन गर्न अनुरोध गछौ, क्लवका उपाध्यक्ष बिएन पन्तले हिमालय खबर संगको कुराकानीमा बताय ।

गांजालाई वैध गर्दा यसले समाजमा पार्ने असरका वारेमा प्रतियोगीहरुले विभिन्न पक्षवाट आफ्नो दावीहरु राख्न सक्ने छन् । यसमा जुनियर र सिनियर हाइस्कुलका विद्यार्थीले मात्र सहभागी हुन पाउने छन् । उक्त शिर्षकमा आफ्ना दावीहरु पांच देखि ७ मिनेट भित्र राखिसक्नु पर्ने छ। ड्यालस एभेरेष्ट लायन्स क्लवले तिन जना विजेता छनौट गर्ने छ ।

विजेतालाई जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराईने छ । जिल्ला स्तरीय प्रतियोगिता जित्नेले पहिलो पुरष्कार २ हजार डलर छ । जिल्ला विजेताले राज्य स्तरको प्रतियोगितामा सहभागी हुन पाउने छन् ।

lions-logo

कार्यक्रम हुने स्थान मिति र समय : नेपाली मन्दिर ( NST सभा कक्ष), शनिबार, ०९ जनवरी २०१६, दिउसो १२ बजे बाट ।

प्रतिक्रिया