संस्मरण : पटमुर्ख बनाई यसरी भटभटे लिएर सुई कुच्चा ठोके पछि

इनेप्लिज २०७२ पुष २३ गते ११:३० मा प्रकाशित

 

bijay 3

चतुरको हजार दाउ l बेईमानी भए पछि कसको के लाग्छ ? एक धुर्तले आफुले चलाई रहेको कोत्रो (थोत्रो )नायक भटभटे(हिरो होन्डा ) आफुले चिनेको कागको फुल चोर्ने जस्तै साथीलाई बेच्ने निधो गरे l दुवै जना तोकेको ठाउँमा भेला भए l खरिद गर्नेले खरिद किन्नु अगाडी एक पटक सडक जाँच (रोड टेस्ट )गर्छु भने पछि बेच्नेले दिनै पर्यो l

कहिले देखि भटभटे चलाउन नपाएर कसको र कहिले चलाउन पाईएला भनि कैयौ दिन देखि भोकाएको सिंहले मृग मुख अगाडी देख्दा कप्प खाए जस्तै छटपटियेर बसेको उरण्ठौलो केटाले सडक परिक्षण गर्छु भनि कुदाएको भटभटे सुई कुच्चा ठोकी ३ दिन सम्म गायब हुदा बेच्न खोज्नेलाई ठुलो छटपटी ,बेचैन र पिडा भोग्नु पर्यो l नाना थरि कुरा उब्जे l

आउछ ,आउछ भन्दा भन्दै दिउसो १२ बजे सडक परिक्षण गर्छु भनेर नायक भटभटे दिएको सवारी साधन ३ सम्म अत्तोपत्तॊ भएन l कहा गयो ,के भयो आदि ईत्यादी सोच्दा सोच्दै ७२ घण्टा नराम्रो संग बित्यो l​ ​हद भए पछि प्रहरी लगाएर खोज तलास गर्दा एक अञ्चल बाट दुई अञ्चल पारि लगि साथी संग तारेको माछा खाई रहेको समयमा प्रहरीले पक्राउ गरि दियो l

nayak

यो घटना अरु कहिँ नभई मुलुकलाई ६ वटा प्रधान मन्त्रि जन्माउने शहर कोशी अञ्चल, मोरंग जिल्ला बिराटनगरको हो l धुर्तले कोशी अञ्चलबाट बेपत्ता पारि जनकपुर अञ्चलमा पुर्याएको खबर पाए पछि बेच्नेले जनकपुर गै आफ्नो माल पाए l​​यस्तो पनि घटना अहिले सम्म कसैको सुनेको छैन l

सवारी साधन किन्नु अगाडी परिक्षण गर्ने प्रचलन पनि छ l कसको मनमा के छ ? अर्काको मनमा पाप होला भन्ने कसरि बुझ्ने त ? ​ तै चुप मै चुप ,भन्नु भएन क्यारे ! आफु १५ बर्ष बिराटनगरमा बसेकोले भटभटे बेच्न खोज्ने र लिएर बुर्कुसी ठोक्ने संग परिचित थिए l ​अहिले सम्झदा कति हास्नु l सकिएन बा !

तपाई पनि यस्तो शिकारमा पर्न पनि सक्नु हुन्छ , होसियार ! सडक परिक्षणमा अन्जान देखि साबधान !

प्रतिक्रिया