एक करोड ३४ लाखको लगानीमा खानेपानी आयोजना सम्पन्न

इनेप्लिज २०७२ पुष २३ गते २:२८ मा प्रकाशित

दाङ, २३ पुस । दाङको हेकुली गाविसमा समुदायको अगुवाइमा रु रु एक करोड ३४ लाखको लगानीमा खानेपानी आयोजना सम्पन्न भएको छ ।

बोरिङसहित ओभरहेड ट्याङ्की र पाइपलाइनको काम सम्पन्न गरी आयोजना सञ्चालनमा आएको हो । सो आयोजनाबाट २१९ घरधुरी लाभान्वित भएका छन् । हाल पहिलोपटक १५० घरमा धारा जडान गरिएको छ । आफ्नै लगानीमा निजी धारा जडान गरेको र धारा २४सै घन्टा सञ्चालनमा आएपछि स्थानीयवासी खुसी भएका छन् ।

सो आयोजना हेर्न रुकुम, रोल्पा, जाजरकोट, डोल्पाका विभिन्न खानेपानी आयोजनाका पदाधिकारी र जिल्लाभित्रका धनौरी र शान्तिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारी एवम् उपभोक्ता दिनहुँ आउने गरेको रावतगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव टीकाराम भट्टराईले जानकारी दिनुभयो । रु ८५ लाख रेडक्रस, रु पाँच लाख खानेपानी र रु पाँच लाख जिविस उपभोक्ता, नेपाल रेडक्रस सोसाइटी, जिविस खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, गाविसको कार्यालय र उपभोक्ताको संयुुुुक्त लगानीमा आयोजना सम्पन्न भएको हो ।

प्रतिक्रिया