फेसबुकले जुटायो विद्यालयलाई आर्थिक सहयोग

इनेप्लिज २०७२ पुष २१ गते ११:४७ मा प्रकाशित

Facebookखोटाङ, २१ पुस । भूकम्पले क्षतिग्रस्त खोटाङको एक विद्यालय पुनःमर्मतका लागि फेसबुकमार्फत मलेसियाबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

गत वैशाख १२ गतेको भूकम्पका कारण क्षतिग्रस्त नुनथला–८ स्थित नवज्योति प्राविको पुनः मर्मतका लागि मलेसियाबाट रु ४६ हजार १२४ सहयोग प्राप्त भएको हो ।

मलेसियामा फेसबुकमार्फत सङ्कलन भएको सो रकम अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर अभिभावकमार्फत विद्यालयलाई उपलब्ध गराइएको छ । भूकम्पका कारण क्षतिग्रस्त विद्यालयका लागि वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका चिसाङ शेर्पाको पहलमा सञ्चालन गरिएको ‘फेसबुक ग्रुप च्याट’ मार्फत रकम जुटाइएको हो ।

फेसबुक ग्रुप च्याटमार्फत मलेसियाबाट सुरु गरिएको ‘विद्यालय सघाउ’ अभियान क्रमशः कतार, साउदी, दुबईलगायतका मुलुकमा पुगेको छ । क्षतिग्रस्त विद्यालय पुनः मर्मतका लागि दुई महिनादेखि विभिन्न देशमा सहयोग रकम सङ्कलन सुरु गरिएको हो ।

प्राप्त रकमलाई क्षतिग्रस्त विद्यालयको भवन मर्मत, शैक्षिक तथा खेलकुद सामग्री खरिद, शिक्षकका लागि तलब व्यवस्थापन, शैक्षिक तथा चेतनामूलक कार्यक्रममा सदुपयोग गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम तामाङले बताउनुभयो ।

प्रतिक्रिया