आजदेखि ‘मिल्क होलिडे’ अन्त्य

इनेप्लिज २०७२ पुष २० गते १३:०९ मा प्रकाशित

इलाम, २० पुस । इन्धन अभाव र मधेस आन्दोलनका कारण विराटनगर दुग्ध वितरण आयोजनाले पाँच महिनादेखि गर्दै आएको दुग्ध बिदा आजदेखि अन्त्य भएको छ ।

इन्धनको सहज उपलब्धता र आन्दोलन खुकुलो बन्दै गएकाले आयोजनाले आजैका दिनदेखि लागू हुने गरी दुग्ध बिदा अन्त्य भई कुटिडाँडा, फिक्कल, तीनघरे, लक्ष्मीपुर, बिब्ल्याँटे, पुवाखोला, शान्तिडाँडा, देउराली धनकुटाको हिले र तेह्रथुमको चित्रे चिस्यान केन्द्रबाट नियमित रूपमा दुध सङ्कलन हुन थालेको विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख ईश्वरी न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया