शुक्रबार, साउन १५ २०७८
काठमाडौं १५:०९
वासिङटन डिसी 05:24

मधेस पत्रकार महासङ्घ नेपाल’ गठन

इनेप्लिज २०७२ पुष १९ गते १:२५ मा प्रकाशित

जनकपुरधाम, १९ पुस । मधेसका सञ्चारकर्मी र सञ्चार प्रतिष्ठानको बृहत् हकहितका लागि छाता सङ्गठनका रुपमा ‘मधेस पत्रकार महासङ्घ नेपाल’को गठन गरिएको छ ।

वीरगन्जदेखि मोरङसम्मका सञ्चारकर्मी र सञ्चार प्रतिष्ठान प्रतिनिधिको शनिबार भएको भेलाले सोका लागि बृजकुमार यादवको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

समितिमा दीपेन्द्र चौहान, अनिल तिवारी, राजेश कर्ण, चन्द्रदेव कामत, दिनेश्वरप्रसाद गुप्ता, हरिप्रसाद मण्डल, सन्तोष सिंह, विश्वनाथ ठाकुर, रिंकु मिश्र, महेश दास, रामअशिष यादव र हिमांशु चौधरी सदस्य रहेका छन् ।

प्रतिक्रिया