“राष्ट्रियता नेपाली भन्दा”

इनेप्लिज २०७२ पुष १५ गते ९:३८ मा प्रकाशित

राष्ट्रियता नेपाली भन्दा, बाटाघाटा छेकिनु पर्दा
दोष नभई अरुकोअघि, दोषी जस्तै देखिनु पर्दा
यो छाती साह्रै दुख्दछ
उच्च सगरमाथा नै, होचिएझैँ लाग्दछ !
होचिएझैँ लाग्दछ !!
प्रतिस्प्रधामा भाग लिंदा, आफ्नो देशको नाम सोधिंदा
गर्बकासाथ नेपाल भन्दा, त्यही कारण आफू फालिंदा
यो मन साह्रै, दुख्दछ
बिशाल हिमालय नै, खुम्चिएझैं लाग्दछ !
खुम्चिएझैं लाग्दछ !!
मन्डेलाका कुरा चल्दा, राज नेताको नाम सोधिंदा
राजारंक गनिसक्दा, उत्तर नभेटी अड्किनु पर्दा
यो नेपाली शीरै, झुक्दछ
देशको रजोधर्म नै, रोकिएझैं लाग्दछ !
रोकिएझैं लाग्दछ !!

प्रतिक्रिया