देशका सन्ततिलाई संसार सामु अगाडी बढ्न सक्ने बनाउनु मेरो प्रतिबद्धता : यशोधरा प्रसाई (भेटुवाल ),शिक्षाविद तथा प्राध्यापक

इनेप्लिज २०७२ पुष १५ गते १:३७ मा प्रकाशित

yashodhara 3झन्डै डेढ दसक देखि पढाउने पेशामा संलग्न हुदै आएकी शिक्षक ,प्राध्यापक तथा लेखक को दिनचर्या अधिकांस समय अध्यापन मै खर्चिन्छ भन्दा अतिशयोक्ति नहोला l ज्ञानको ज्योति बाढ्न उनलाई भ्याई नभ्याई भएको जस्तो भएको छ l तर समय व्यवस्थापन गर्न दक्ष छिन् l

कुसल गृहणी हुनुको साथै शिक्षक पेसालाई अझ मर्यादित ,प्रतिष्ठित ,पेसागत ब्यबसायलाई उच्च बनाउने हेतु दैनिक २-३ वटा शैक्षिक संस्थामा देशका सन्ततिलाई शिक्षाको ज्योति फैलाउन र कुनै कसर नछोड्ने उनको प्रयास सराहनीय छ l

को हुन् यशोधारा प्रसाई (भेटुवाल ) :

काठमाडौँ कि रैथाने l नोबल एकडेमी माध्यमिक बिद्यालय को संयोजक तथा अर्थशास्त्र बिभाग प्रमुख ,सेन्ट ज्याभियर कलेजमा अर्थशास्त्र बिषयमा उपदेशक/प्राध्यापक तथा काठमाडौँको लिटल फ्लावर माध्यमिक बिद्यालयकि अध्यक्ष लगायत तथा थुर्पै शिक्षण संस्थामा अध्यापनको अनुभव l पेशा -पूर्ण शिक्षक l त्रिभुवन बिश्व बिद्यालय बाट अर्थ शास्त्रमा स्नातकोत्तर l विभिन्न अन्तर राष्ट्रिय तालिम हासिल प्राप्त l उनले लेखेका पुस्तकहरु ;टेक्स्ट बुक अफ ईकोनोमिक्स ,ईलेमेन्ट्स अफ ईकोनोमिक्स ,एसेन्सिएल अफ एकोनोमिक्स , एकोनोमिक्स १ र २ आदि ईत्यादी रहेका छन् l

yashodhara 1अमेरिकाको डिसी महानगर क्षेत्र बाट संचालित ईनेप्लिज डटकम पत्रिका संग यिनै अध्यापनमा ब्यस्त रहनु हुने शिक्षा पेसामा समर्पित यशोधरा प्रसाई (भेटुवाल ),अर्थ शास्त्री तथा प्राध्यापक संग भला कुसारीको क्रममा वहाले लेखेका पुस्तकहरु ,नेपालको शिक्षामा भएको प्रगति ,सार्वजनिक विद्यालयमा दिइने आधारभूत शिक्षाको गुणस्तर  ,धनीका छोराछोरी किन अस्ट्रेलीय र अमेरीका मात्र आदि जस्ता सेरोफेरोमा रही केहि जिज्ञासा राखेका थियौ l

नेपालले विगतका दशकहरूको तुलनामा आधारभूत शिक्षामा कतिको उल्लेखनीय प्रगति हासिल गरेको छ भन्ने सवालमा विगतका दशकका तुलनामा नेपालले आधारभूत शिक्षामा उल्लेखनीय प्रगति भएको मान्नु पर्छ किनकी नेपाली विद्यार्थीहरूले यहाँको आधारभूत शिक्षा हासिल गरेरै पनि संसारका प्रख्यात विश्वविद्यालयहरूमा आफ्नो छवि उच्च राख्न सफल देखिएको उदाहरण जताततै भेटिन्छ प्रसाईले यस्तो जवाफ दिईन l

यसै गरि पठन पाठनमा नेपालले अन्य धेरै विकासोन्मुख देशको तुलनामा कति राम्रो गरिरहेको छ भन्ने सवाल गर्दा उनि भन्छिन पठनपाठनको हिसाब र स्तरको हिसाबलाई मूल्याङ्कन गर्दा नेपालमा केहि सीमित वर्ग जो आर्थीक रूपमा सम्पन्न छन् । उनीहरूको बालबालिकाहरू विकसित राष्ट्रका शिक्षाको हाराहारीमा सजिलै पुगेका छन् l तर आर्थिक विपन्नताबाट झेलिएका परिवारका बालबालिकालाई अहिलेको शैक्षिक दौडमा अगाडि पुग्न गाह्रो देखिन्छ भनिन l

FullSizeRender (2)

पढाउने पेसामा लामो समय देखि भिजेकोले हामीले वहालाई सार्वजनिक विद्यालयमा दिइने आधारभूत शिक्षाको गुणस्तर किन कमजोर ? कसको दोष भन्ने सवाल राख्न साथ उनले भनिन सार्वजनिक विद्यालयमा शिक्षाको गुणस्तरता निकै न्यून देखिन्छ l यसको मुल कारण राजनीतिक अस्थीरता र सरकारबाट शिक्षाको लगानी प्रत्यक्ष निगरानीमा कमी भएको यथार्थता हो भने सटिक जवाफ दिईन l

नेपालको पढाईमा सरकारी र निजि बिद्यालयमा आकास जमिनको फरक छ l नेपालमा धनीका लागि तुलनात्मक रूपमा राम्रा निजी विद्यालय र गरीबका लागि निकै गुणस्तरहीन सार्वजनिक विद्यालयहरूमा पाठयक्रममा किन विभेद ? भन्ने सवालमा उनले यस्तो तर्क प्रस्तुत गरिन र भनिन नेपालका निजी विद्यालयमा नीजी क्षेत्रको राम्रो लगानीका कारण गुणस्तरतामा धेरै सम्पन्नता वृद्धिभएका वास्तविकता छ । जसले आर्थिक रूपमा सम्पन्न परिवारका बालबालिका आजको आवश्यकतामा भिड्न सक्ने शिक्षा सजिलै निजी विद्यालयबाट पाइरहेका छन् तर सरकारी विद्यालयहरू देशको राजनैतिक उथलपुथुलका कारण मारमा परेकाले आर्थिक विपन्न वर्गका बालबालिकामा यसको प्रत्यक्ष असर परेका देखिन्छ भन्ने सिधा जवाफ दिईन l

नेपालमा प्राथमिक तहमा करिब ४०% महिला शिक्षकहरू छन्, नि.मा. विद्यालयमा १७% र उच्च मा वि. मा निकै कम १३% मात्र किन यो फरक भएको भन्ने सवालमा उनि भन्छिन , नेपालमा उच्च शिक्षामा अध्ययन गराउने महिलाको संख्या आज पनि धेरै न्यून छ l यसको मूलकारण महिलाहरूको आफ्नो शैक्षिक तह, विश्वविद्यालय स्तरमा पुग्नु अगाडि नै रोकिनु हो । महिलाको छिटो विवाह गरिनु यसको मुल कारण रहेको देखिन्छ भन्ने तर्क पेश गरिन l

g

कुराकानीको क्रममा पढाई ,अध्यापन र लेख्नु कति गार्हो काम हुन्छ भन्दै उनले लेखेका अर्थशास्त्रका पुस्तक बारेमा जिज्ञासा राख्दा उनले यसरि क्रम बद्ध रुपमा आफुले लेखेका पुस्तक बारे यसरि बताईन l र, भनिन ,आफुले अर्थशास्त्र केहि किताबहरू लेखेकी बताईन l जुन किताब अहिलेको उच्च मा.वि.को पाठ्यक्रममा आधारित छ l हाल पनि विभिन्न ११, १२ कक्षामा पढ्ने विद्यार्थीले सो पुस्तकहरूको अध्ययन गर्छन् । देशको आर्थिक गतिविधिको जानकारी विद्यार्थीलाई गराउनु र आफ्नो ज्ञान आउँदा जनशक्तिमा फैलाउनु मेरो लेखाईको मूल उद्देश्य हो रहेको उनले बताइन l

अध्यापन र पढाउने क्रम मै शैक्षिक गतिविधिको लागि जापानको भ्रमण बारे जापान हाम्रो देशको तुलनामा शिक्षामा कति फरक र कस्तो छ भन्ने जिज्ञासामा उनले भनिन जापान संसारकै विकसित मूलक मध्ये एक हो । मेरो जापान भ्रमण पनि जापानको शैक्षिक गतिविधिको ज्ञान हासिल गर्नु थियो l

र ,त्यहाँबाट मैले, भविष्यका सन्ततिलाई संसार सामु सक्षम बनाउन कस्तो किसिमको शैक्षिक वातावरण जरुरी छ भन्ने बारे ज्ञान हासिल गर्न पाए l आउँदा दिनमा आफ्नो देशका सन्ततिलाई संसार सामु अगाडी बढ्न सक्ने बनाउनु मेरो प्रतिबद्धता रहनेछ भनिन l

नेपालमा जति सुकै पढाई राम्रो भए पनि अध्ययनका लागि धनीका छोराछोरी किन अष्ट्रेलिया ,अमेरीका तथा अन्य देश जाने मात्र जान्छन र के भन्नु हुन्छ भन्ने सवालमा नसोचीकन जवाफ मुखको टुप्पोमा भएको जस्तै यस्तो जवाफ दिईन l

आज पनि हाम्रो मुलुकबाट उच्च शिक्षाका लागि सयौँ विद्यार्थी विदेशीले गरेको तथ्य सार्वजनिक छ । यो अवस्था धनी परिवारका बालबालिकाको मात्र नभएर गरीब परिवारका मेहेनती तथा कुशल सक्षम बालबालिकाको पनि रहेको छ भनि बताईन । उनले थप्दै यसको मूलकारण देशमा अझै पनि गुणस्तरीय उच्च शिक्षा दिने विश्वविद्यालयहरूको कमी हो भनिन l

यति मात्र नभई यसको मूल कारण पनि देशको राजनैतिक अस्थिरतालाई नै प्रमुख कमजोरीको मान्न सकिन्छ । र ,हो पनि ठोकुवा साथ भनिन l एक शिक्षाविदको भएको कारण आफ्नो एकमात्र चाहना देशमा यस्तो अन्तर्राष्ट्रिय शिक्षालयहरूको स्थापना तथा विकास भएको देख्नु हो भनिन l

जसबाट हाम्रा भविष्यका सन्तति विना कुनै हिच किचाहट आफ्नै देशमा उच्च शिक्षा हासिल गरी संसार र सामु भिड्न तत्पर हुन् । यसका लागि म आफ्नो जीवनका हर क्षण लगाउन तत्पर रहनेछु भनि प्रतिबद्धता जाहेर गरिन l

y

प्रतिक्रिया