सशस्त्र द्वन्द्वमा ध्वस्त भएकामध्ये पाँच प्रहरी भवन निर्माण

इनेप्लिज २०७२ पुष १४ गते ३:३१ मा प्रकाशित

तुलसीपुर (दाङ), १४ पुस । सशस्त्र द्वन्द्वको समयमा दाङमा ध्वस्त पारिएका २९ वटा प्रहरी भवनमध्ये हालसम्म पाँच वटा भवन मात्र निर्माण भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार निर्माण गरिएका प्रहरी भवनमा इलाका प्रहरी कार्यालय तुलसीपुर, इलाका प्रहरी कार्यालय पञ्चकुले, इलाका प्रहरी कार्यालय गढवा, इलाका प्रहरी चौकी हेकुली र वडा प्रहरी कार्यालय घोराही रहेका छन् ।

शान्ति तथा पुननिर्माण मन्त्रालय र शान्ति कोषको सहयोगमा ती भवन निर्माण गरिएका हुन् ।

सशस्त्र द्वन्द्वको समयमा मध्यपश्चिम क्षेत्रमा २२४ वटा प्रहरी भवन ध्वस्त भएको र तीमध्ये अहिलेसम्म ५० वटा भवन पुनःनिर्माण गरिएको मध्यपश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केशव अधिकारीले जानकारी दिनुभएको छ । उहाँका अनुसार सो क्षेत्रमा रहेका करिब १२१ प्रहरीका भवन अझै असुरक्षित रहेका छन् ।

प्रतिक्रिया