डिसीमा युनाइटेड नेपलिज फेलोशिप द्वारा क्रिस्मस उत्सव २०१५ सम्पन्न

इनेप्लिज २०७२ पुष १३ गते २१:४३ मा प्रकाशित

DSC04259

डिसेम्बर २५ , २०१५ तदनुसार २०७२ पौष १० गते अमेरिकाको भर्जिनिया निबासी नेपालीहरुले स्प्रिङ्गफिल्ड भर्जिनिया को Prince Of Peace चर्चको हलमा क्रिस्मस कार्यक्रम २०१५ भब्यताका साथ सम्पन्न गरेका छन |

DSC04252

नेपाली क्रिस्मस २०१५ नाम दिएको उक्त कार्यक्रमको आयोजना ललितपुर सानेपा घर भई हाल अमेरिकाको पार्ट्लो, भर्जिनियामा आफ्नै ग्यास स्टेसन र ग्रोसरी स्टोर को साथै फास्ट फुड रेस्टुरा समेत चलाऊदै आएकी श्रीमती उषा थापा तथा उन्का सहयोगीहरूले २०११मा स्थापना गरेको युनाइटेड नेपाली फेल्लोशिपले गरेको थियो |

DSC04245

ईशाई लगायत हिन्दू तथा बुध्दिस्ट धर्माबलम्बिहरुको ठुलो सहभागिता रहेको सो कार्यक्रम Nepali Christian leader श्री गोविन्द अवाले को प्रार्थना र सामुहिक नेपाली राष्ट्रिय गानबाट शुरु गरिएको थियो भने कार्यक्रममा नेपाली अनलाइन पत्रीका enepalese.com का विश्व राज थापा , nepalipost.com का लेखनाथ भण्डारी, International Nepalese Artist Society का कलाकार आनन्दु लामा ,अमेरिकन नेप्लिज हेल्पिङ सोसाइटी अन्तर्गत मनासस समाज ब्यबस्थापन समितिका अध्यक्ष यज्ञ चापागाइँ, मिडिया कोर्डिनेटर उत्तम गौतम, कल्चरल प्रोग्राम कोर्डिनेटर सुनिता गौतम, योथ जनरेसन एन्ड स्पोर्टस कोर्डिनेटर बिजय ओझा, तथा गायक गुरु वली र अन्य चर्च बाट आएका पास्टर तथा अगुवा हरु लगायत अमेरिकामा भएका नेपालीहरुको बिभिन्न संघसंस्था का प्रतिनिधिहरुको ठुलो उपस्थिती थियो|

DSC04154

कार्यक्रममा आमन्त्रीत अतिथी पाटन कोइनोनिया चर्चका सहायक् पास्टर् प्रकाश सुब्बाले क्रिस्मस पर्व बारे प्रबचन् दिनुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथी नेपालका वरिस्ट गायक श्री मधु छेत्रीले फूलै फूल मात्र पनि होइन रहेछ जीवन लगायत आफ्ना अरु गीतहरु गाउनु भएको थियो भने युनाइटेड नेपाली फेल्लोशिपका संगीत टीमका कलाकारहरु एरिक श्रेष्ठ ,शितल श्रेष्ठ, सियोन गुरुङ, प्रसन्न थापा, डेनी गुरुङ, सुसाङ तथा दानियल दाहाल, सुदिम मगर आदीले बाध्द्यबादन न्रीत्य तथा क्रिस्मस् गीत ,अमेरिकामा भएको अँकुश नेपालको नेपाली फ्युजन ब्यान्डका कलाकारहरु रीता श्रेष्ठ , मन थापा, अर्जुन घिमिरे, राजन अधिकारी , नेत्र घिसिङ , अनिल तिमिल्सिना , आनन्दू लामा ,सुगन्द श्रेष्ठ  ,सतिक कार्की लगायतका कलाकारहरुले संगीत धुन तथा गीतहरु प्रस्तुत गरे भने , प्राइड नेपाल को तर्फ बाट जेनिशा र आस्थाको न्रित्य र बालकलाकारहरू सुलेखा भण्डारी,अभिलेखा भण्डारी को अङ्रेजी कबिता ले कार्यक्रमलाई झनै रोचक बनायो भने एक अमेरिकी नागरिक श्री माइकल गेश ले नेपाली र अङ्रेजी क्रिस्मस गीतको धुनमा बासुरी बजाएर सुनाउदा सबै दर्शकहरु खुशी देखिन्थे |

DSC04159

युनाइटेड नेपाली फेल्लोशिपका एल्डर राम राज खरेलले नेपाल आमाले बिदेशिएका छोरा छोरीहरुलाई लेखेको भनि “नेपाल आमाले लेखेको चिट्ठी” नामक कबिता पत्रबन्दी खाम बाट खोलेर पढ्नु हुँदा उपस्थित धेरै नेपालीको आँखा रसाएका थिए | कबितामा नेपाल र नेपालीको हालको अवस्थालाई मार्मिक ढंगबाट प्रस्तुत गर्न खोजिएको थियो| UNF का अध्यक्ष आशिस थापाको अध्यक्षतामा भएको यस कार्यक्रमलाई फेडरिक बर्ग बाप्टिस्ट चर्चका पास्टर एम शिबाको प्रार्थना बाट समापण गरियो | कार्यक्रमको सन्चालन UNF का एल्डर रमेश मैनाली, UNF सदस्य तथा प्राइड नेपालका सस्थापक कृष्ण श्रेष्ठ तथा UNF का अध्यक्ष आशिस थापाले गर्नु भएको थियो|

DSC04122

अन्तमा उपस्थित सबैलाई डिनरको राम्रो ब्यबस्था थियो भने कार्यक्रम बाट आमन्त्रित हरुको बिचमा निशुल्क राफेल चिट्टा बाट १७ जना लाभान्वित भएका थिए | सन २०११ देखी UNF ले क्रिस्मस कार्यक्रम यसरीनै लगातार गर्दै आएको छ |

DSC04112

यसैगरी अमेरिकाका प्राय सबै राज्यमा बसोबास गर्ने नेपालीहरुले पनि क्रिस्मस पर्व धुमधाम सँग मनाएको समाचारहरु प्राप्त भएका छन भने अमेरिकाको राजाधानी लगायत सबै राज्यका सडक, गल्ली,घर, चर्च, सरकारी कार्यालयहरु जतततै क्रिस्मस ट्री र बत्तिहरुको झिलिमिलिले गर्दा हेर्न लायकको सुन्दरता झल्केको छ |

DSC04117

प्रतिक्रिया