बोस्टनमा सिर्जना उत्सवको ३२औ शृंखला

इनेप्लिज २०७२ पुष १३ गते १८:०४ मा प्रकाशित

940980_984897324914676_4126093422872252490_n (1)

बोस्टन/ अमेरिका

बोस्टनको साहित्यिक मासिक शृंखला सिर्जना उत्सवको ३२औ शृंखला आइतबार साँझ सम्पन्न भएको छ | बिगत तीन वर्षदेखि नियमित रुपमा आयोजना हुदैँ आएको उक्त कार्यक्रममा बिभिन्न सर्जकहरूले कविता, गीत र गज़ल वाचन गरेका थिए | ममता कर्माचार्यको संयोजन तथा महेश्वर पन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उत्तम नेपाली, हरि थापा, दिनेश राजभण्डारी , गोवर्धन पूजा, दीपा राई पुन, अनु शाह, महेश्वर पन्त, ममता कर्माचार्य, लालबहादुर ऐर, ज्ञानप्रकाश शर्मा, सुद्देम कर्माचार्य , सवीना डंगोल, सुबंधा कर्माचार्य, आँशुलक्ष्मी राजभण्डारी, बाबा कर्माचार्यलगायतले  सहभागिता  जनाए|

42d8d33f-1bbc-4e96-a250-63a7d90e862a

कार्यक्रमलाई रेडियो हिमालयबाट प्रत्यक्ष प्रशारण आरम्भ गरिएको उक्त कार्यक्रम आगामी महिनादेखि नियमित हुने रेडियो हिमालयका प्रवन्धक बुद्धि विश्वकर्माले बताए |

0fcf007c-e5f8-43d9-9117-a14811effc4f 7ab1efb1-0259-41ea-acb2-14d022e984df

प्रतिक्रिया