कोलोराडोमा साहित्यिक गोष्ठी सम्पन्न

इनेप्लिज २०७२ पुष १३ गते ६:०२ मा प्रकाशित

DSC_0057

डिसेम्वर २७,२०१५

कोलोराडो, अमेरीका
अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा आईतबार
कोलोराडोको वेस्टमिनिस्टरमा साहित्य संगम कवि गोष्ठी सम्पन्न भयो ।
रकि माउन्टेण्ट फ्रेन्डस् अफ नेपालका अध्यक्ष शरद आचार्यको आतिथ्यतामा उनको घरमा सम्पन्न साहित्यिक गोष्ठीमा नेपालबाट कवयत्री मंन्दिरा मधुश्री कोईरालाले पठाएकी कविता वाचन गरि गोष्ठिको सुरुआत गरिएको थियो । उक्त साहित्यिक गोष्ठिमा १५ जना कवि, कवयत्री तथा सर्जकहरुले आ(आफ्नो रचना प्रस्तुत गरेका थिए ।

DSC_0005
यसरी कविता बाचन गर्नेहरुमा अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय अध्यक्ष पदम विश्वकर्मा, नेपालबाट कोलोराडो घुम्न आएका कवि पुष्पराज पौडेल, कवि देब भट्टराई, भोला सिवाकोटी, भुपेन्द्र महत, बासु खनाल, यशोदा भट्ट लगायतका कवि कवयत्री रहेका थिए ।
गद्य, पध्य, स्रिंगारीक जस्ता शैलीहरुमा वाचन गरिएका अधिकांश कविता तथा गजलहरुमा मातृ भुमी नेपालको वर्तमान अवस्था र अमेरिकामा नेपालीहरुको अवस्था झल्काउन खोजिएको थियो । मानिस भाग्यको खोजिमा संसारको जुनसुकै कुनामा बसेर, जस्तो सुकै सुःख र सुविधा उपभोग गरेपनि जन्मे हुर्केको देशको मायां ममता त्याग्न सक्दो रहेनछ भन्ने भाव यहां प्रष्ट देख्न सकिन्थ्यो ।

DSC_0008
कार्यक्रममा पुराना कवि कवयत्रीहरुको कृति वाचन गर्ने क्रममा राष्ट्रकवि माधव घिमीरेको कृित गौरी खण्डकाव्यबाट “मेरी लच्छिनकी जहान” भन्ने शिर्षकको कविता देव भट्टराईले सुरिलो छन्दमा प्रस्तुत गर्दा सवैका आ“खा रसाएका थिए । त्यस्तै वसन्त लम्सालको राष्ट्रिय गीत, भुपेन्द्र महतको गजल र बासुदेव खनालको कविताको सहभागी सबैले खुलेर प्रशंसा गरेका थिए ।

DSC_0033
अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष भुपेन्द्र महतको सभापतित्वमा तथा कवि भोला सिवाकोटीको प्रस्तुतीमा सम्पन्न साहित्यिक गोष्ठीमा प्रस्तुत गीत लगातयतका श्रृजनाको प्रस्तुतीले चट्नीको काम गरेको थियो ।

DSC_0046
मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाच्न आºनो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७२ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा प्रत्येक महिनाको अन्तिम आईतवार कवि गोष्ठीको आयोजना हुने गर्दछ ।

DSC_0057 DSC_0052

प्रतिक्रिया