२०, डिसेम्बर आइतबार २०१५ मा अनेसास न्यूयोर्क च्याप्टरद्धारा नेपालका वरिष्ठ गायक सुुुगम संगितका हस्ती राम कृष्ण ढकाल तथा न्यूयोर्कको आठ ब्रोडवेमा डिसेम्बर १३ तारिखमा प्रर्दशन गरिएको नेपाली नएक “जोडियोस भाकीएका मनहरू” को अपार सफलता पुर्वक मन्चन गर्ने कलाकारको सम्पूर्ण टोलीलाई होटल चौतारी ज्याक्सन हाईटमा एक समारोहका बिच सम्मान गरियो अनेसास न्यूयोर्क च्यापटरका अध्यक्ष राजेन्द« श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली महावाणिज्य दुत श्री नारायण प्रसाद मैनाली हुनुहुन्थ्यो त्यसैगरी विशिष्ट अतिथिहरूमा सह वाणिज्य दुत तथा साहित्यकार कृश क्षेत्री वरिष्ठ रंगकर्मि प्राज्ञ हरिबहादुर थापा र सम्मानित कलाकार रामकृष्ण ढकाल हुनुहुन्थ्यो ।
अने.सा.स. का उपाध्यक्ष मणि बाङ्देल स्वागत मन्तव्य राख्नुभएको थियो भने सामुहिक राष्ट्रियगान बाट कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो । कार्यसमितिका अध्यक्ष मणि बाङदेल फिपाको वरिष्ठ अध्यक्षमा निर्वाचित हुनुभएकोमा अध्यक्ष राजेन्द« श्रेष्ठले खादा र पुष्प गुच्छा दिएर बधाईज्ञापन दिनुभएको कार्यक्रममा अक्ष्यक्ष प्रमुख अतिथी नारायण मैनालीज्यू र विशिष्ठ अतिथि कुश क्षेत्रीज्यूले सम्पूर्ण कलाकारहरूलाई टिका, खादा र कदर पत्र प्रदान गर्नु भएको थियो भने कलाकार राम कृष्ण ढकालज्यूलाई संस्थाका अध्यक्ष राजेन्द« श्रेष्ठले पुष्प गुच्छा तथा प्रमुख अतिथि नारायण मैनालीज्यूले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो ।
उक्त कार्यक्रममा सम्मानित हुनेहरूमा यादव गौतम, कृष्टल थापा, दिलासमा रजक, राकेश श्रेष्ठ, कृश थापा, अनुज थापा, दिपिका श्रेष्ठ, नदिया लिवा¨, ज्योती कुमार श्रेष्ठ, विकाश विष्ट, राजकपूर, संगिता उप्रेती, विराज रिजाल, सुदिप श्रेष्ठ, विश्व थापा, मिठ थापा, सहदेव पौड्यल, हरिबहादुर थापा हुनुहुन्थ्यो कलाकार रामकृष्ण ढकालले आङ्खनो मन्तव्य तथा सुमधु। गित प्रस्तुत गर्नुभएको थियो । त्यसैगरि नाटकका कलकारहरूको तर्पmबाट दिपिका श्रेष्ठ, विकास विष्ट, सहदेव पौड्यल, हरि बहादुर थापाले नाटक अभ्यासको समय देखि लिएर मन्चन हु““दा सम्मका विभिन्न क्षणका रोचक अनुभवहरू सुनाउन भएको थियो नाटकका कलाकार तथा निर्देशक हरिबहादुर थापाज्यूले कलाकारको सम्मान गरेर अनेसास च्याप्टरले स्रहानिय का गरेको भन्दै अन्त्य भएको थियो । कलाकारहरूलाई शुभकामना दिने व्यक्तिहरूमा बन्दना कोइराला, गिता पन्त, हुनुहुन्थ्यो विशिष्ट अतिथि कुश क्षेत्रीज्यूले हामीले जोगाउनुपर्ने नै भाषा, कला, साहित्य, संस्कृति हो भन्न हु“दै हाम्रो कन्सुलेटको कार्य तर्फबाट हामी जतिबेला पनी सहयोग को तत्परताको कुरा व्यक्त गर्नुभयो । प्रमुख अतिथिबाट
नारायण प्रसाद मैनालीज्यूले जनमानसमा छिटो प्रभाव पार्न सक्ने विधा नाटकहो भन्दै बेलाबेलामा मन्चन राख्नुपर्ने कुरामा जोड दिनुभएको र सम्पूर्ण नाटकको टोलीलाई मुक्तकण्ठले प्रशंसा गर्दै बधाई ज्ञापन गर्नुभएको थियो । संस्थाका अध्यक्ष राजेन्द« श्रेष्ठले सम्पूर्ण कलाकाररूलाई सम्मान गर्नपाउनु हाम्रो संस्थाको गौरब हो भन्नुहु“दै कार्यक्रममा उपस्थित सम्पूर्ण व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन महासचिव शकुन्तला ज्ञवालीले गर्नुभएको थियो ।
प्रतिक्रिया