३००) महान ईश्वर !

इनेप्लिज २०७२ पुष १२ गते १७:१५ मा प्रकाशित

 

महान ईश्वर म यो घडी

तपाईंको चरणमा पर्दछु

यो प्राण आत्मा र शरीरले

स्तुति प्रशंसा गर्दछु

स्तुति प्रशंसा गर्दछु |

 संसारको सृष्टिकर्ता, जीवनको सृष्टिकर्ता

तपाईं नै हुनुहुन्छ, ब्रमाण्डको सृष्टिकर्ता

जस्ताको तस्तै तपाईंको, शरणमा पर्दछु

यो प्राण आत्मा र शरीरले

स्तुति प्रशंसा गर्दछु

स्तुति प्रशंसा गर्दछु |

 

मुक्तीदाता शान्तिदाता, तपाईं मेरो दिलको राजा

तारणहार र पालनहार, तपाईं नै मेरो उद्धारकर्ता

यी हात माथि उठाएर, आफैलाई समर्पण गर्दछु

यो प्राण आत्मा र शरीरले

स्तुति प्रशंसा गर्दछु

स्तुति प्रशंसा गर्दछु |

 

 

३०१) सारा सृष्टिको रहस्य !

 
सर्व-श्रेष्ठ परमेश्वर
एक-मात्र परमेश्वर
तपाईंलाई मेरो हृदयमा
पुज्न चाहन्छु म
तपाईंलाई मेरो हृदयमा
पुज्न चाहन्छु म |

तपाईंको बचनले बताउँछ, सारा सृष्टिको रहस्य
ऐनाले जस्तै देखाउँछ, जीवन जिउनुको महत्व
तपाईंलाई मेरो हृदयमा
पुज्न चाहन्छु म
तपाईंको बचनको गहिराइमा
डुब्न चाहन्छु म
तपाईंको बचनको गहिराइमा
डुब्न चाहन्छु म |

पबित्र-आत्माले सिकाउँछ, मैले नजान्ने कुराहरु
डोर्याउँदै-डोर्याउँदै कटाउँछ, हरेक मेरा अफ्ठेराहरु
तपाईंलाई मेरो हृदयमा
पुज्न चाहन्छु म
पबित्र-आत्माको झरीमा
रुझ्न चाहन्छु म
पबित्र-आत्माको झरीमा
रुझ्न चाहन्छु म |

 

३०२) यो मण्डलीमा 

सर्ब-शक्तिमान परमेश्वर

पबित्र-पबित्र परमेश्वर

सारा हृदयले स्वागत गर्छौं
तपाईंलाई यो मण्डलीमा
तपाईंलाई यो मण्डलीमा |

पिता पुत्र पबित्र-आत्मा
उच्च महान परमात्मा
तपाईंलाई हामी धन्यको भन्छौं
पबित्र यो संगतिमा
पबित्र यो संगतिमा |

अब्बा पिता र मशैया
हाम्रो अग्लो धरहरा
तपाईंको नामलाई माथि उचाल्छौँ
तपाईकै यो बेदीमा
तपाईकै यो बेदीमा |

प्रतिक्रिया