वार्ताबाटै समाधान खोज्न पौडेलको आग्रह

इनेप्लिज २०७२ पुष १२ गते ६:३८ मा प्रकाशित

ramchandra-paudelवालिङ, १२ पुस । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले आन्दोलनरत मधेसी दललाई वार्ताबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।

नेपाल प्रेस युनियन स्याङ्जाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “मधेसवादी दलले गरेको आन्दोलनले जनतालाई सास्ती भइरहेको छ, जनतालाई दुःख दिएर गरिएको आन्दोलनबाट समाधान निस्कदैन, त्यसैले वार्तामा बसेर समाधानतर्फ लाग्नु उचित हुनेछ ।”

नयाँ संविधानले सबै पक्षको हक र अधिकारलाई सुनिश्चित गरेको उहाँको दाबी थियो । “संविधानले दिएका उपलब्धिको रक्षा गर्नु सबैको दायित्व हो”–उपसभापति पौडेलले भन्नुभयो, “यदि नसमेटिएका विषय भए संविधान संशोधनमार्फत समावेश गर्न सकिन्छ, जसका लागि संसद् चल्नु र आपसी वार्तामा बस्नु आवश्यक छ ।”

अहिलेको सरकारले जुन अपेक्षाअनुसार काम गर्नुपथ्र्यो त्योअनुसार काम गर्न नसकेको उहाँको भनाइ थियो ।

काँग्रेस नेता–कार्यकर्तामा आफू पार्टी सभापति हुनुपर्ने बताउँदै उपसभापति पौडेलले त्यसका लागि पार्टीभित्र औपचारिक काम भने गर्न बाँकी रहेको धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया