प्रधानमन्त्रीसँग दाहाल र रायको भेटवार्ता

इनेप्लिज २०७२ पुष १२ गते ६:३१ मा प्रकाशित

Prachanda-ranjit-ray-kp-oliकाठमाडौँ, १२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीसँग एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक) का वरिष्ठ उपाध्यक्ष रामेश्वर रायले आज प्रधानमन्त्री निवास बालुवाटारमा छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ । उहाँहरुबीच समसामयिक विषयमा छलफल भयो ।

प्रधानमन्त्रीलाई एमाओवादीका अध्यक्ष दाहालले उच्चस्तरीय राजनीतिक समितिका संयोजकका हैसियतले विभिन्न राजनीतिक दलसँग भएका छलफल, मधेस केन्द्रित दलले उठाएका मागका सम्बन्धमा नेपाली कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएका वार्ताबारे जानकारी गराउनुभयो ।

यसैगरी, प्रधानमन्त्री र फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष रायबीच मधेस केन्द्रित आन्दोलन र समस्या समाधानका सम्बन्धमा छलफल भयो । वरिष्ठ उपाध्यक्ष रायले तराई मधेसका अहिलेका समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभयो । प्रधानमन्त्रीले समस्या समाधानका लागि आफु गम्भीरतापूर्वक लागिपरेको बताउनुभएको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया