निर्धन उत्थान बैंकले १६ करोडको बोनस सेयर जारी गर्ने

इनेप्लिज २०७२ पुष १२ गते ६:१७ मा प्रकाशित

nirdhan-utthaan-bankकाठमाडौँ, १२ पुस । निर्धन उत्थान बैंक लिमिटेडले गत आवमा रु चार करोड ४० लाख लाभांश आर्जन गरेको जनाएको छ ।

बैंकका अध्यक्ष गणेशबहादुर थापाले पेस गर्नुभएको सो लाभांशसम्बन्धी प्रस्तावलाई बैंकको शनिबार भएको वार्षिक साधारणसभाले पारित गरेको छ । सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको गत असार मसान्तसम्मको चुक्ता पुँजी रु ३३ करोड ६० लाख रहेको छ ।

त्यसैगरी बैंकको अधिकृत पुँजी रु ५० करोड वृद्धि गरी रु सय करोड पु¥याउने विशेष प्रस्ताव पनि साधारणसभाले पारित गरेको बैठकका सञ्चालक समिति सदस्य अच्युत जोशीले जानकारी दिनुभयो ।

बैंकको चुक्ता पुँजीअनुसार रु १६ करोड बोनस सेयर जारी गर्ने, बैंकको प्रबन्धपत्र संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका प्रस्ताव पनि सर्वसम्मतले पारित भएको जोशीले बताउनुभयो ।

साधारणसभामा बैंकका अध्यक्ष थापाले चालु आवमा बैंकको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्दा संस्थागत वृद्धिलाई प्रभावकारी रुपमा व्यवस्थापन गर्न कार्यक्रमको गुणस्तर सुधारमा केन्द्रित भई क्षमता अभिवृद्धि र सञ्चालन प्रणालीमा समयसापेक्ष सुधार तथा सुदृढीकरण गर्दै कार्यक्रम विस्तार गर्ने एक सूत्रीय लक्ष्य लिएको बताउनुभएको थियो ।

ग्रामीण क्षेत्रका गरिब परिवारका महिलाको आर्थिक, सामाजिक विकासका लागि बिनाधितो सामूहिक दायित्वमा कर्जा लगानी गर्दै आइरहेको बैठकले चालु आवमा दुई लाख ७३ हजार ग्राहकसमक्ष सेवा पु¥याउने योजना बनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्तले जानकारी दिनुभयो ।

प्रतिक्रिया