शुक्रबार, साउन १५ २०७८
काठमाडौं १३:५८
वासिङटन डिसी 04:13

सुदूरको सीमाङ्कन परिर्वतन हुँदैन: देउवा

इनेप्लिज २०७२ पुष ११ गते ९:१८ मा प्रकाशित

deuba4बेलौरी (कञ्चनपुर), ११ पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सुदूरको ७ नं प्रदेशको सीमाङ्कन परिर्वतन नहुने बताउनुभएको छ ।

नेपाल जेसिजको राष्ट्रिय महाधिवेशन उद्घाटनका लागि यहाँ आउनुभएका नेता देउवाले आज काँग्रेस कञ्चनपुरका कार्यकर्ता भेटघाटका क्रममा केही मधेसकेन्द्रित दलले सीमाङ्कनको विषयलाई लिएर तीन महिनादेखि थालेको आन्दोलन अझै नरोकिएका कारण कैलाली र कञ्चनपुर विवादित जिल्ला भए पनि काँग्रेसले सुदूरलाई नटुक्र्याउने आश्वासन दिनुभयो ।

यहाँ बस्नै सबै जातजातिले मिलेर बस्नाको विकल्प नरहेको समेत नेता देउवाले बताउनुभयो । भेटघाटमा काँग्रेस कञ्चनपुरका नेताहरुले ऐतिहासिक रुपमा मिलेर बस्दै आएका थारु–पहाडी मूलका नागरिकबीच झन् सम्बन्ध बलियो पार्नुपर्नेमा जोड दिनुभयो । भूगोल टुक्र्याएर भन्दा पनि आर्थिक रुपमा विपन्न समुदायको भलो हुने काम गर्नुपर्नेमा नेताहरुले सुझाव दिएका छन् ।

प्रतिक्रिया