जेहेन्दार र विपन्न विद्यार्थीका लागि अक्षयकोषको स्थापना

इनेप्लिज २०७२ पुष ११ गते ४:५५ मा प्रकाशित

पाँचथर, ११ पुस । पाँचथरको यासोकमा रहेको पृथ्वी उच्च माविमा लामो समयको शिक्षणपछि अवकाश प्राप्त प्रधानाध्यापक चन्द्रप्रसाद निरौलाले सो विद्यालयमा रु एक लाख बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ ।

उहाँले जेहेन्दार र विपन्न वर्गका विद्यार्थीलाई कोषको ब्याजबाट छात्रवृत्ति प्रदान गर्न अक्षयकोष स्थापना गरेको र अक्षयकोष क्रमिकरुपमा बढाउँदै लानेसमेत बताउनुभयो ।

अवकाश प्राप्त प्रअ निरौलाले यसअघि पनि सो विद्यालयलाई आर्थिक र भौतिक सहयोग गर्दै आउनुभएको निमित्त प्रअ प्रकाशमणि विसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया