नौ महिलालाई नवरत्न पुरस्कार

इनेप्लिज २०७२ पुष ९ गते १७:१० मा प्रकाशित

अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले नौ महिलालाई “नवरत्न पुरस्कार ” अर्पण गर्ने भएको छ | अनेसास महिला समितिद्वारा संयोजन गरिएको दुई सय अमेरिकी डलर र सम्मान पत्र रहेको उक्त पुरस्कार आगामी २ अप्रिल २०१६ का दिन अमेरिकाको न्युयोर्कमा आयोजना गरिने कार्यक्रममा प्रदान गरिने छ |

प्रत्येक बर्ष अमेरिकाका ५ जना र अन्य मुलुकका ४ जना साहित्य, कला र संगीतका क्षेत्रमा समर्पित महिलालाई प्रदान गरिने उक्त पुरस्कार बिभिन्न दाताहरुले स्थापना गरेका हुन् | यसैगरि समितिले प्रतिभाशाली बालबालिकालाई पनि उक्त कार्यक्रममा पुरस्कृत गर्ने भएको छ | जसका लागि गीता खत्रीको संयोजकत्वमा राधेश्याम लेकाली र गोवर्धन पूजा संग्लन समितिका पनि गठन गरिएको छ|

प्रतिक्रिया