धररा र मन्युमेंट भए जस्तै उस्तै !!

इनेप्लिज २०७२ पुष ९ गते ०:१४ मा प्रकाशित

thumb3

 

उता दशैँ यता क्रिस-मस समानता उस्तै उस्तै

खसी पर्ब रुखमा गर्ब समानता उस्तै उस्तै

सिगार्नु छ रुख हेर ”अर्नामेंट” किनी

मसला र भुटनका समानता उस्तै उस्तै

नया लुगा जुत्ता नै हो केटा केटीलाई

थरीथरी खेलौनाको समानता उस्तै उस्तै

उपहार यता उता उता दुबैतिर चल्छ

कम्पुटर आइ फोन हो समानता उस्तै उस्तै

छुट्टी पनि लामो हुन्छ खुशी दुवै तिर

आफन्ती नै भेट्नु पर्ने समानता उस्तै उस्तै

चिम्नी बाट भित्र पस्ने शान्ता क्लाउस यता

झ्याल बाट नेता उता समानता उस्तै उस्तै

बधाइ खाने पात्र भए भ्रस्ट नेता उता

रास्ट्रपति बाडछन् यता समानता उस्तै उस्तै

रामचन्द्र शर्मा
भर्जिनिया

प्रतिक्रिया