मोर्चाका कार्यकर्ताद्वारा दुई ट्र्याक्टरमा तोडफोड

इनेप्लिज २०७२ पुष ८ गते १३:३२ मा प्रकाशित

परासी, ८ पुस । मधेसी मोर्चाका कार्यकर्ताले आज दिउँसो नवलपरासीमा दुईवटा ट्र्यक्टरमा तोडफोड गरेका छन् ।

बन्दको अवज्ञा गरेको भन्दै सदरमुकाम परासीमा स्थानीय जेके इँटा उद्योगका लु २ त ८५६२ र लु २ त ९३६५ नम्बरको ट्र्याक्टरमा मोर्चाका कार्यकर्ताले तोडफोड गरी क्षति पु¥याएका हुन् ।

यसैगरी जिल्लामा मध्य नेपाल यातायात व्यवसायी समितिअन्तर्गतका करिब दुईसयभन्दा बढी सार्वजनिक यातायात सञ्चालन बन्द भएपछि सर्वसाधारण मर्कामा परेका छन् ।

केही दिनदेखि खुकुलो पारिएको बन्द मधेसी मोर्चाले आजदेखि पुनः कडाइ गरेका कारण जिल्ला सदरमुकाम परासीसहित ग्रामीण क्षेत्रमा सञ्चालन हुने सबै रुटका सवारी साधन नचलेपछि सर्वसाधारण मार्कामा परेका हुन् ।

सो समितिअन्तर्गतका सार्वजनिक सवारीसाधान नचलेपछि परासी, महेशपुर, बेलाटारी, त्रिवेणीलगायतका सबै रुटमा यातायात ठप्प छ ।

प्रतिक्रिया