गोरखाका भूकम्पपीडित दृष्टिविहीनलाई न्यानो कपडा वितरण

इनेप्लिज २०७२ पुष ८ गते ३:०८ मा प्रकाशित

गोरखा, ८ पुस । गोरखाका ७० जना भूकम्पपीडित दृष्टिविहीनलाई न्यानो कपडा वितरण गरिएको छ । गोरखा सदरमुकाममा मङ्गलबार एक कार्यक्रम गरी पूर्ण तथा अल्पदृष्टिविहीन भूकम्पपीडितलाई एक एक थान कम्मल वितरण गरिएको हो ।

नेपाल अन्धा कल्याण सङ्घका केन्द्रीय अध्यक्ष कुमार थापाले गोरखा नेत्रहित सङ्घसँगको समन्वयमा दृष्टिविहीनलाई एक एक थान कम्मल हस्तान्तरण गर्नुभयो । श्रीनाथकोट, गाँखु, छोप्राक, थुमी, आरुआर्वाङ्ग, मुच्चोकलगायत गाविसका भूकम्पपीडितलाई कम्मल वितरण गरिएको नेत्रहीन सङ्घका गोरखा अध्यक्ष पवनकुमार बस्नेतले जानकारी दिनुभयो ।

त्यस्तै सदरमुकामको सरस्वती उमाविका १५ जना दृष्टिविहीन विद्यार्थीलाई एक एक थान स्वेटर र २० रिङ ब्रेल कापी वितरण गरिएको छ । अमरज्योति जनता उमाविका नौजना दृष्टिविहीन विद्यार्थीलाई स्वेटर वितरण गरिएको नेपाल अन्धा कल्याण सङ्घका जिल्ला सदस्य परशुराम भट्टले बताउनुभयो ।

प्रतिक्रिया