झडपमा दुई प्रहरी नायब उपरीक्षकसहित आठ जना प्रहरी घाइते

इनेप्लिज २०७२ पुष ७ गते १५:०२ मा प्रकाशित

काठमाडौँ, ७ पुस । काठमाडौँको दक्षिण भेगस्थित चाल्नाखेलमा रहेको एभरेस्ट ग्यास उद्योगमा भएको झडपमा दुई प्रहरी नायब उपरीक्षकसहित आठ जना प्रहरी घाइते भएका छन् ।

खाली सिलिण्डरसहित उद्योग बाहिर ग्यास लिनका लागि बसेका स्थानीयवासीले ग्यास नपाएपछि उद्योगमा तोडफोड गर्न खोज्दा प्रहरी र स्थानीयवासीबीच झडप भएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता विश्वराज पोखरेलले उद्योग तोडफोड गर्न खोजेका स्थानीलाई रोक्न खोज्दा उल्टै ढुङ्गामुढा गरेको बताउनुभयो ।

झडपमा प्रहरी नायब उपरीक्षकद्वय रेवती ढकाल र टीकाबहादुर केसी तथा छ जना प्रहरी जवान घाइते भएको उहाँले जानकारी दिनुभयो । त्यस क्षेत्रमा अहिले स्थिति सामान्य रहेको र स्थानीयवासी आ–आफ्ना घरमा गएको बताइएको छ ।

प्रतिक्रिया