गैँडा मृत फेला

इनेप्लिज २०७२ पुष ७ गते ४:३१ मा प्रकाशित

gaidaaरत्ननगर (चितवन), ७ पुस । पूर्वी चितवनको कुमरोज क्षेत्रमा एउटा गैँडा मृत फेला परेकोे छ ।

वन्यजन्तु चोरी सिकार नियन्त्रण अभियान कुमरोजका अध्यक्ष ईश्वरी पाठकका अनुसार अर्काे गैँडासँग जुधेर भाले गैँडा मरेको आशङ्का गरिएको छ ।

घाउ नै घाउ लागेको अवस्थामा मरेको गैँडा फेला परेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले आज जानकारी दिनुभयो ।

उहाँका अनुसार गैँडाको खाग खुर भने सुरक्षित रहेको छ । अर्काे कुनै जनावरसँग जुधेर गैँडा मरेको निकुञ्जले पनि पुष्टि गरेको छ ।

चितवन निकुञ्जमा गएको एक वर्षमा १० गैँडा कालगतीले मरेको तथ्याङ्क छ । विगत केही वर्षदेखि चोरी सिकारबाट गैँडा मरेका छैनन् । जिल्लामा तीनपटक शून्य चोरी सिकार वर्ष मनाइसकेको छ ।

प्रतिक्रिया