संस्मरण संग्रह फ्रन्ट सिटको लोकार्पण

इनेप्लिज २०७२ पुष ६ गते १५:२० मा प्रकाशित

अन्तराष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले आज २०७२ पुस ६ गते साहित्यकार किशसिङ्ग धामीको संस्मरण संग्रह फ्रन्ट सिटको लोकार्पण कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीले फ्रन्ट सिटको लोकार्पण गर्नु भयो |

कार्यक्रममा नेपालका विभिन्न क्षेत्रका प्रतिस्ठित साहित्यकारको विशेष उपस्थिति थियो । अनेसास नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कुलपति गङ्गा प्रसाद उप्रेती तथा साहित्यकारहरु कृष्ण जोशी, युवराज नयाघरे, रामबाबु सुबेदी, यादव भट्टराई आदिले विमोचित कृति माथि आ आफ्नो मन्तब्य व्यक्त गरेका थिए |

कार्यक्रममा साहित्यकारहरु मात्रिका पोखरेल (प्राज्ञ ), कृष्ण प्रसाई, पवन आलोक, प्रधुम्न जोशी, जयदेव भट्टराई, अस्मिता भण्डारी, माधव निर्दोष, मुकुन्द ढुंगाना, कल्पना दंगाल, तर्कना, भगवती रोका, मणिराज सिंह, निता श्रेष्ठ नित्यनुर, सुशिला खड्का हसिना, देवकी अभिलाषी, आदिको उपस्थिति रहेको थियो |

कार्यक्रमको संचालन मुक्तककार यादव भट्टराइले गर्नुभएको थियो । कार्यक्रमलाई सम्वोधन गर्नुहुदै अध्यक्ष राधेश्याम लेकालीले विमोचित कृति र अनेसासको गतिविधिबारे बोल्नु भएको थियो ।

प्रतिक्रिया