अमेरिका बाट पर्वतको बिद्यालयलाई पुनर्निर्माण गर्न ७ लाख रुपैया हस्तान्तरण

इनेप्लिज २०७२ पुष ६ गते ०:०० मा प्रकाशित

hari 9

अमेरिकाको डिसी महानगर क्षेत्रमा रहेका नेपाली समुदायको पारिवारिक पहलमा स्थापना भएको प्रसाद अन्तर्राष्ट्रिय प्रतिष्ठानले पर्वतमा रहेको पशुपति उच्च माध्यमिक बिद्यालयको लागि डिसेम्बर २० तारिख शनिबार ६ लाख ९२ हजार ३ सय १५ रुपैया (६ हजार ५ सय डलर ) प्रतिष्ठानका तर्फ बाट अमेरिकामा अध्ययनरत बिद्यार्थी सिमरन सामन्था शर्मा तथा सरिता शर्माले धनादेश (चेक )हस्तान्तरण गरेका छन् l

उक्त रकम हस्तान्तरण कार्यक्रम पर्वत संग डा खेम शर्मा तथा बिभु शर्मा समेतले उपस्थिति जनाएका थिए l उक्त रकम हस्तान्तरण उक्त बिद्यालयको भूकम्प बाट पूर्ण रुपमा क्षति भएकोले केवल पुनर्निर्माण गर्न मात्र रकम प्रदान गरिएको हो l हस्तान्तरण गरिएको रकम अन्य बिबिध खर्चमा नगरिने बिद्यालयले जनाएको छ l पर्वतको राम्जा देउराली गाबिस ८ राम्जा थाँतीमा अवस्थित पशुपति उच्च माध्यमिक बिद्यालयका प्रधानाध्यापक गोबिन्द प्रसाद शर्मालाई बुझाईएको छ l

checkप्रतिष्ठानको तर्फ बाट बिशेष गरि अहम भूमिका निर्वाह गर्ने डिसी महानगर क्षेत्र भर्जिनियाका लेखा परीक्षक हरि शर्मा ,डा खेम शर्मा , बिभु शर्मा ,सरिता शर्मा ,सिमरन शर्मा ,भवानी शर्मा ,परशु तिमिल्सिना ,सरद गौतम तथा अन्य जसले भूकम्प ग्रस्त बिद्यालयलाई कोष वृद्धि गर्न आर्थिक सहयोग संकलन तथा जुटाउन अहम भूमिका निर्वाह गर्ने सबैमा कृतज्ञता ज्ञापन गरेको छ l

यसै गरि अमेरिका मा जन्मेकी दोश्रो पुस्ताकि भर्जिनिया कमन वेल्थ बिश्व बिद्यालयको (प्रि मेड फ्रेसमेन )तयार गरि रहेकी आफै बिद्यार्थी रहेकी सिम्रन शर्मा भन्छिन भूकम्पले क्षत्रिग्रस्त बनाएको बिद्यालय बनेन भने कसरि बिद्यार्थीले पढ्ने र अगि बढ्ने भन्दै अब यसले केहि हद सम्म काम गर्ने छ भनिन l पशुपति उच्च माध्यमिकका प्रधानाध्यापक गोबिन्द प्रसाद शर्माले प्रसाद अन्तर्राष्ट्रिय प्रतिष्ठान लाई धन्यबाद दिएका छन् l

IMG_5827

प्रतिक्रिया